Samadhan National Daily

      मिस कल्चर २०१८ काे उपाधि सरु अधिकारीलाई

      पाेखरा, १५ आश्विन:

      मिस कल्चर नेपालको उपाधि पोखरा विन्ध्यवासिनीकी सरु अधिकारीले हात पारेकी छन् । विजेता अधिकारीले भिजी अटोमोबाइल्सले प्रदान गर्ने सुजुकी स्कुटर प्राप्त गरेकी हुन् ।

      पुष्पाञ्जली फेसन एन्ड इभेन्ट प्रालिद्वारा आयोजित कार्यक्रममा फस्ट रनर अप सन्जु भट्टराई, सेकेन्ड रनर अप सेफिया परियार, थर्डर रनर अप निरुता भण्डारी, फोर्थ रनर अप एलिसा श्रेष्ठ, भ्यूअर च्वाइस सुस्मिता बिक, अर्गनाइजर च्वाइस कञ्चन थापा मगर, विष्णु खत्री, मस्ट ट्यालेन्ट रिस्ता घिसिङले जित्न सफल भएका छन् ।

      प्रतियोगितामा बेस्ट स्किन दीपा शर्मा, बेस्ट फिगर सन्जिता पाण्डे, बेस्ट क्याटवाक/बेस्ट पर्सनालिटी विष्णु खत्री, मस्ट फोटो जेनिक निरुता भण्डारी, मस्ट कन्फिडेन्ट/मस्ट पपुलर एलिसा श्रेष्ठ, मस्ट इन्टिलिजेन्ट/बेस्ट कल्चरल ड्रेस शशी रानामगर, बेस्ट हेयर रिस्ता घिसिङ, बेस्ट स्माइल सुस्मिता बिक, बेस्ट डान्स लिजा गुरुङ, मस्ट फ्रेन्डिली मिलिना आचार्य, मस्ट ब्युटिफूल कञ्चन थापामगर, मस्ट युनिक अम्सु गौतम, मस्ट पर्सनालिटी समीक्षा बिक, मस्ट क्रियटीभ सोफिया परियार, मस्ट एक्टिभ/मस्ट डिसिपिलिन सपना सुनार, मस्ट हेल्पफूल सरु अधिकारी घोषित भएको कार्यक्रम सह संयोजक दीनेश शर्माले जानकारी दिए । प्रतियोगितामा २५ जना युवतीले भाग लिएको पुष्पाञ्जली फेसन एन्ड इभेन्टकी अध्यक्ष शोभा गौतमले जानकारी दिइन् ।

      कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेश संस्कृतिको धनी प्रदेश रहेकोले संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व रहेको बताए । कार्यक्रममा सडकका पेटीमा छाना, नाना र खाना नपाएर बञ्चित बनेकालाई संरक्षण गर्दै आइरहेको संस्था मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई समान गरिएको थियो ।

      कार्यक्रममा रामजी अधिकारी, प्रदेशसभा सदस्य दीपक कोइराला, कार्यक्रम संयोजक ज्ञानु तामाङ, प्रतियोगिताका निर्णायक, लेखक तथा समालोचक रेशम गिरी, ह्याप्पी बोर्डिङका प्रिन्सिपल कविराज बराल, मिस कल्चर नेपाल २०१६ को बिजेता पवित्रा लामिछाने लगायतले बोलेका थिए ।


      प्रतिकृया दिनुहोस्