Samadhan National Daily

      लिगलिगकोटमा नवाैं राजा छान्न दाैडकाे अायाेजना

      गाेरखा, १५ आश्विन:

      पालुङटार नगरपालिका स्थित लिगलिगकोटका नवौं राजा छान्ने तयारी तीव्र बनाइएको छ ।

      दौड जितेर राजा हुने इतिहासलाई निरन्तरता दिंदै लिगलिगकोटमा यस वर्ष नवँ राजा चुन्नका लागि तयारी भइरहेको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए । ‘हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘यहाँको इतिहास जोगाउन हामीले हरेक वर्ष दौड गर्ने गरेका छौं ।’

      वर्ष पनि आगामी असोज २८ गते दौड हुने आयोजकले जनाएको छ । गोरखा राज्यको उत्पत्ति भएको स्थान लिगलिगेकोट दौड जितेर राजा भएको परम्परालाई बचाइराख्न लिगलिगकोट विकास अभियानले ९ वर्षदेखि प्रतियोगिता गर्दै आएको छ ।

      यस वर्ष दौडमा विजेतालाई दिने पुरस्कार राशि बढाइएको छ । दौडमा पहिलो हुनेलाई राजा घोषणा गर्दै श्रीपेचका साथमा ६० हजार १ सय रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । ‘दौड जित्नेलाई हामी राजा नै घोषणा गरेर श्रीपेच लगाइदिन्छाैं, साथमा नगद पनि छ ।’

      चेपे र मस्र्याङ्दी नदीको दोभान चेपेघाट बाट सुरु हुने दौड ठाँटीपोखरी, बडडाँडा, सभाचौतारा, बिजुलेडाडाँ, खोल्डीगाउँ हुँदै ऐतिहासिक स्थल लिगलिगकोटको कोटगढीमा पुगेर दौड सकिनेछ । १३ किलोमिटरको उक्त दूरी पूरा गरेर जो पहिले पुग्छ, उसलाई पहिलो पुरस्कारका साथमा राजा घोषणा गरी श्रीपेच पहि¥याइने आयोजकले जनाएको छ ।

      प्रतियोगितामा दोस्रो हुनेलाई नगद ३५ हजार १ सय, तेस्रो हुनेलाई २५ हजार एक सय, चौंथोलाई १२ हजार १ सय, पाँचौं हुनेलाई ७ हजार १ सय, मेडल र प्रमाणपत्र दिइने आयोजक समिति अध्यक्ष रानाले बताए । ‘अहिलेबाट बालबालिकाको इभेन्ट पनि थपिएको छ’, उनले भने ।

      बडडाँडाबाट कोटगडीसम्मको ५ किलो मिटर महिला खुला दौडमा प्रयोगिता पनि हुने अध्यक्ष रानाको भनाइ छ । उक्त प्रतियोगितामा पहिलो हुनेले २० हजार ५, दोस्रो हुनेले १२ हजार ५, तेस्रो हुनेले ७ हजार ५ रुपयाँका साथमा मेडल र प्रमाणपत्र पाउने छन् ।

      १३ किलोमिटर दूरीको उक्त दौडमा खुलासँगै लिगलिगबासीको छुट्टै प्रतिस्पर्धासमेत गर्ने आयोजकको तयारी छ । जसमा साबिकको सातसय लिगलिग भित्रका धावकले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् । उक्त विद्यामा पहिलो हुनेले २० हजार ५, दोस्रो हुनेले १२ हजार ५, तेस्रो हुनेले ७ हजार ५ रुपयाँका साथमा मेडल र प्रमाणपत्र पाउने छन् ।

      यस वर्षदेखि थप भएको १५ देखि १८ वर्षसम्मका बालबालिकाका लागि ३ किलोमिटरको दौड गरिने आयोजकले बताएको छ । उक्त प्रतियोगितामा पहिलो हुने ५ हजार १, दोस्रो हुनेले ३ हजार १, तेस्रो हुनेले २ हजार १ रुपयाँ मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले बताएको छ ।

      विस १९१६ मा द्रव्य शाह राजा बनेपछि हुन छाडेको दौड विगत ९ वर्षदेखि स्थानीय युवाको पहलमा फेरि आरम्भ भएको हो । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद विकास समिति, पर्यटन बोर्ड, पालुङटार नगरपालिका लगायतले सहयोग सहयोग गरेका छन् ।


      प्रतिकृया दिनुहोस्