Samadhan National Daily

      स्वयम्भूका ‘गुन्डा’ समिरमानलाई मुस्ताङ पुर्‍याइयाे

      काठमाडौं, १५ आश्विन:

      नख्खु कारागारमा रहेका ‘गुन्डा नाइके’ समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएको छ।

      गत मंसिरदेखि कारागारमा रहेका सिंहलाई सोमबार मुस्ताङ लगिएको कारागार स्रोतले जानकारी दिएको छ।

      गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोटका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली हानी हत्या गरेको अभियोगमा गत मंसिरमा बस्नेतलाई पक्राउ गरिएको थियो।

      बस्नेतले स्वयम्भूलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका थिए।


      प्रतिकृया दिनुहोस्