Samadhan National Daily

      कास्की मालपोतमै घुस लिने कर्मचारी अख्तियारकाे फन्दामा

      पाेखरा, २४ आश्विन:

      सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदालिँदै कास्की मालपोतका अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पक्रेको छ ।

      मंगलबार पौने ५ बजे मालपोत कार्यालयमै उनीहरु दसीसहित पक्राउ परेका हुन् । एकजना सेवाग्राहीको जग्गा धितोबन्धक राख्न आलटाल गर्दै उनीहरुले घुस मागेका थिए ।

      जति ढिलो गर्‍यो उति नै बैंक ऋण बढ्ने सेवाग्राहीको समस्या बुझेर छिटो काम गर्ने बहानामा ती कर्मचारीले घुस मागेको अख्तियार स्रोतले जनाएको छ ।


      प्रतिकृया दिनुहोस्