Samadhan National Daily

      माथ्लो मुस्ताङमा विमानस्थल सर्भे

      मुस्ताङ, २५ आश्विन:

      पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले माथ्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका १ चराङमा विमानस्थल निर्माण गर्न अध्ययन थालेको छ । मन्त्रालय अन्तर्गतको नागरिक उड्यन प्राधिकरणका इन्जिनियर पुष्पराज न्यौपानेले चराङको समथर फाँटमा मंगलबार विमानस्थल निर्माणस्थल निर्माणस्थलको प्रारम्भिक सर्भे गरेका हुन् ।

      विमानस्थलको अवधारणा, जग्गा छनोट तथा नापजाँच, हावाको वेग मापन, हाईअल्टिच्युटको सम्भावना, विमान एकतर्फी वा दोहोर अवतरण गर्नसक्ने, खेतीयोग्य भूभाग तथा जंगल पर्छ कि पर्दैन र सार्वजनिक जग्गा आदि विषय प्रारम्भिक सर्भेमा समेटिएको संघीय प्रतिनिधि सभा सदस्य माननीय प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।

      ‘उपल्लो मुस्ताङको २ स्थानीय तह जोड्ने पहिलो विमानस्थलको अवधारणा पर्यटन मन्त्रालयले सुरु गरेको छ । यो उपल्लो मुस्ताङका जनतालाई खुसीको समाचार मान्नुपर्छ । यसपटक विमानस्थलको प्रारम्भिक सर्भे गरेका छौं,’ सांसद तुलाचनले भने, ‘यसलाई चरणबद्ध रुपमा सर्भे थालनी भएको छ । सबै मापदण्ड पु¥याएर डिपिआर सार्वजनिक हुन्छ ।’ उनले विमानस्थलको डिपिआर तयार गर्न २ वर्ष लाग्न सक्ने जानकारी दिए ।

      सदरमुकाम जोमसोमदेखि करिव ८० किलोमिटर उत्तर अवस्थित चराङमा विमानस्थल निर्माणका लागि प्रारम्भिक सर्भे भएको हो । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिकस्थल दामोदरकुण्डको दर्शन गर्ने तीर्थालुलाई विमानस्थलले सजिलो बनाउने पु¥याउने जिसस प्रमुख छिरिङल्हामो गुरुङले बताइन् । उनले उपल्लो मुस्ताङबासीले यातायात र हवाईमार्ग नहुदाँ सास्ती व्यहोर्दै आइरहेको उल्लेख गर्दै सडक सञ्जाल र हवाईमार्ग पूरा भए उपल्लो मुस्ताङको भाग्यरेखा कोरिने दाबी गरिन् ।

      उपल्लो मुस्ताङको पर्यटन प्रवद्र्धन तथा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित पर्यटन मन्त्रालयले योजना अघि बढाएको नागरिक उड्यन प्राधिकरणका इन्जिनियर पुष्पराज न्यौपाने जनाए । उनले चरणबद्ध विमानस्थल सर्भेका सबै रिपोर्ट प्राधिकरणमा पेस गरेपछि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गरिने बताए ।

      गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले मन्त्रालयले उपल्लो मुस्ताङमा विमानस्थलको अवधारणा ल्याउनु स्वागयोग्य भएको सुनाए । यहाँको भूगोल, हावापानी, रहनसहन र जीवनशैली नियालेर यहाँ आउने पर्यटक दंग पर्ने गरेको उल्लेख गर्दै विष्टले विमानस्थल निर्माण पूरा भएपछि उपल्लो मुस्ताङ पर्यटन हबको रुपमा विकास हुने दाबी गरे । वडा अध्यक्ष टसीढिन्डु ठकुरीले विमानस्थलको अध्ययन मात्रै नगरी कार्यान्वयन पनि गर्नुपर्नेमा जोड दिए ।

      विमानस्थल प्रारम्भिक सर्भेका लागि संघीय प्रेमप्रसाद तुलाचन लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट, जिसस प्रमुख छिरिङल्हामो गुरुङ, वडा नम्बर १ वडाध्यक्ष टसीढिन्डु ठकुरी लगायत स्थानीयबासी सहभागी थिए ।


      प्रतिकृया दिनुहोस्