Samadhan National Daily

      लेखनाथमा मिनी म्याराथन

      लेखनाथ, २६ आश्विन:

      दसैंको अवसरमा आउँदो २७ गते शनिबार पोखरा २७ लेखनाथ (अर्घाैंबेँसी) मा खुला सिनियर मिनी म्याराथन (दौड) आयोजना गरिएको छ । ३ हजार ५ सय मिटरको म्याराथन खोलाको डिल, जरुवा, खराने हुँदै खोलाको डिलमै समापन हुने आयोकजले जानकारी दिएको छ ।

      सिर्जनशील युवा क्लबले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ ३५ वर्ष र महिलातर्फ ३० वर्ष नघाघेकाले मात्र प्रतिस्पर्धामा भाग लिन पाउने क्लबका अध्यक्ष महेश अधिकारीले जानकारी दिए ।

      सहभागिमध्येबाट पुरुष र महिला दुबैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतिस्पर्धा बिहान ७ बजे सुरु हुने छ । प्रतियोगितामा बहालवाला आर्मी, प्रहरी र खेलाडी सहभागी हुन नपाउने आयोजकले जनाएको छ ।


      प्रतिकृया दिनुहोस्