Samadhan National Daily

      पिपिएल पाेखराः पल्टन र विराटनगर टाइटन अामनेसामने

      पाेखरा, ९ कार्तिक:
      तस्बिरः सुदर्शन रञ्जित

      सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट प्रतियोगिता शुक्रबारदेखि पोखरामा सुरु हुँदैछ ।

      पीपीएलको पहिलो संस्करणमा छ फ्रेन्चाइज टिम उपाधिका लागि आपसमा भिड्नेछन् । सभामुख कृष्णबहादुर महराले व्याटिङ तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बलिङ गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछन् ।

      प्रतियोगिताको अघिल्लो दिन बिहीबारमात्रै पीपीएलको ट्रफी सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी ६ वटै टिमका क्याप्टेनहरुले फेवाताल बीचको बाराही मन्दिरबाट उक्त ट्रफी सार्वजनिक गरेका हुन् । शुक्रबार हुने उद्घाटन खेल घरेलु टिम पोखरा पल्टन र विराटनगर टाइटनबीच हुने आयोजक क्विन्स इभेन्ट म्यानेज्मेन्टले जनाएको छ । पोखरा पल्टन शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छ ।

      व्यवसायी विनायक पोखरेल स्वामित्वको पोखरा पल्टनले खेलाडी लिलाममा १२ लाख ९० हजार रुपैयाँ लगानी गरेको छ । उसले रोहितकुमार पौडेललाई २ लाख ५० हजार, विनोद भण्डारीलाई २ लाख ३० हजार, ललितनारायण राजवंशीलाई १ लाख, रसिद खानलाई ७० हजार, कृष्ण कार्कीलाई १ लाख, कुशल भुर्तेललाई १ लाख ५० जार, विक्रम भुसाललाई ५० हजार, महबुब आलमलाई १ लाख ६० हजार, आसिफ शेखलाई ८० हजार, दिभ्यान्सु मल्लिकलाई ३० हजार, इशान पाण्डेलाई ५० हजार रुपैयाँसहित आफ्नो टोलीमा समावेश गराएको हो । अन्तर्राष्ट्रिय क्रिकेटमै पहिचान बनाएका युवा क्रिकेटर सन्दीप लामिछानेको कप्तानीमा विराटनगर टाइटन्स मैदान उत्रने छ ।

      पूर्वक्रिकेटर तथा व्यवसायी पारस लुनियाको स्वामित्वमा रहेको यो टिमले दीपेश श्रेष्ठलाई ९० हजार, साहब आलमलाई १ लाख ५० हजार, जितेन्द्र मुखियालाई ७५ हजार, राजेश पुलामीलाई १ लाख ५० हजार, किशोर महतोलाई ९० हजार, पुष्प थापालाई ५० हजार, प्रदीप ऐरीलाई २ लाख ४० हजार, राजु रिजाललाई ८५ हजार, जितेन्द्रसिंह ठकुरीलाई ७० हजार, सुनील धमलालाई २ लाख २० हजार, रविन जोशीलाई ३० हजार र हिमांशु दत्तलाई ५० हजार गरी १३ लाखको लगानीमा लिलाममार्फत खेलाडी चयन गरेको थियो ।

      यी २ टिमबाहेक प्रतियोगितामा बुटबल ब्लास्टर्स, चितवन राइनोज, हुलास काठमाडौं रोयल्स, एक्सपर्ट धनगढीको सहभागिता हुँदैछ । राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगिताको उपाधि विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । १२ दिने भिडन्तमा कुल १७ म्याच हुनेछ ।

      चितवन राइनोज
      चितवन राइनोजको स्वामित्व युवा व्यवसायी राहुल महरासहितको टोलीसँग छ । यसमा युवा व्यवसायीसहित १० जना गैरआवासीय नेपालीको लगानी छ । यसको मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान पारस खड्का हुन् । चितवन राइनोजले अक्सन मार्फत १० जना खेलाडी किनेको छ ।

      अनिलकुमार साह, करण केसी, आरिफ शेखका लागि जनही २ लाख ५० हजार, भुवन कार्कीका लागि १ लाख ५० हजार, रामनरेश गिरी ८५ हजार, सुमित महर्जन ५० हजार, सोनु तामाङ ८५ हजार, विनोद लामा ७० हजार, हरिशंकर साह ९० हजार र शक्ति गौचन २ लाख १० हजार गरी १४ लाख ९० हजार लगानी गरी अक्सनमार्फत खेलाडी किनेको छ ।

      नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवी खेलाडी आफ्नो टिममा भएकाले पनि यसपटकको उपाधिको प्रमुख दाबेदार आफ्नै टिम भएको टिम निर्देशक तथा व्यवस्थापक त्रिभुवन पौडेल बताउँछन् । चितवनले भारतका सन्दीप पटेल र स्मित पटेललाई विदेशी खेलाडीका रुपमा टिममा राखेको छ । यी दुवै खेलाडी अलराउन्डर हुन् । सन्दीप स्पिन बलर तथा स्मित पेश बलर भए पनि दुवैको ब्याटिङ निकै राम्रो भएको टिम कोच राजु खड्काले बताएका छन् । प्रशिक्षक खड्का नेपाल टिमका पूर्व प्रशिक्षक हुन् ।

      बुटवल ब्लास्टर्स
      बुटवल ब्लास्टर्सको स्वामित्व रमेश गौतमसहितको व्यावसायिक युवा टिमसँग छ । ‘मार्की प्लेयर’ सोमपाल कामी रहने छन् । बुटबल ब्लास्टर्सले अक्सन मार्फत १३ जना खेलाडी किनेको छ ।

      जसमा समसाद शेख ६० हजार, सिद्धान्त लोहनी १ लाख ६० हजार, हरिबहादुर चौहान १ लाख, ललित भण्डारी २ लाख, शंकर राना ८० हजार, पुरन विक ३० हजार, सागर पुन २ लाख ५० हजार, हसिम अन्सारी ५० हजार, भीम सार्की १ लाख ५० हजार, प्रकाश केसी ५० हजार, अभिनाश बोहोरा १ लाख, नितेष थापा ३० हजार, विपीन खत्री ३० हजार गरी कुल १२ लाख ९० हजार अक्सनमार्फत खेलाडीमा लगानी गरेको छ ।

      एक्सपर्ट धनगढी ब्लुज
      एक्सपर्ट धनगढी ब्लुज टोलीको स्वामित्व व्यवसायी सन्जीव शर्माको टिमले लिएको छ । यसको मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी हुन् । धनगढी ब्लुजले १३ जना खेलाडी अक्सनमार्फत चयन गरेको छ ।

      धनगढी ब्लुजले मञ्जित श्रेष्ठ ५० हजार, योगेन्द्र सिंह कार्की १ लाख १० हजार, सन्तोष भट्ट ९० हजार, रोविन क्षेत्री ६० हजार, सन्दीप सुनार ९० हजार, कमलसिंह ऐरी १ लाख ५० हजार, दिलीप नाथ २ लाख ४० हजार, सागर ढकाल १ लाख ३० हजार, सन्दीप जोरा ९० हजार, फिर्दोस अन्सारी ३० हजार, सौरभ खनाल १ लाख, विक्रम ठगुन्ना ३० हजार, सन्दीप राजाली ३० हजार गरी १२ लाखको लगानीमा अक्सनमार्फत खेलाडी चयन गरेको छ ।

      हुलास काठमाडौं रोयल्स
      हुलास काठमाडौं रोयल्स टोलीको स्वामित्व राज्यलक्ष्मी गोल्छासँग छ । यसको मार्की प्लेयर ज्ञानेन्द्र मल्ल हुन् । काठमाडौं रोयल्सले अक्सन मार्फत १० खेलाडी अनुबन्ध गरेको छ । जसमा पवन सरार्फ १ लाख ५० हजार, सुसन भारी १ लाख ५० हजार, पृथु बास्कोटा १ लाख २० हजार, अमरसिंह रौतेला १ लाख, आदिल खान ५० हजार, नरेश बुढाएर २ लाख ३० हजार, नन्दन यादव ५० हजार, बसन्त रेग्मी २ लाख ५० हजार, अमित श्रेष्ठ १ लाख ५० हजार, सुमित झा ३० हजार गरी १२ लाख ८० हजार अक्सन मार्फतका खेलाडीमा लगानी गरेको छ ।


      प्रतिकृया दिनुहोस्