Samadhan National Daily

      विवेकशील कास्कीमा महेश, शनिबार नागरिक सभा

      कास्की, ९ कार्तिक:

      विवेकशील साझा पार्टीको संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रम पोखरामा तय भएको छ । देशव्यापी संगठन विस्तार अभियानसँगै जिल्ला कमिटीको पूर्णता दिने विवेकशील पार्टी कास्कीले जनाएको छ ।

      कात्तिक ९ र १० गते हुन लागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको विवेकशील साझा पार्टीका जिल्ला सचिवालयका सदस्य सुरेश पहारीले जानकारी दिए । १० गते शनिबार हुने सभामा पार्टीको गण्डकी संयोजक घोषणा गरिने पार्टी स्रोतले जनाएको छ ।

      मिडिया उद्यमी महेश भण्डारीलाई उक्त पार्टीको केन्द्रीय समितिले गण्डकी प्रदेश संयोजक चयन गरिसकेको स्रोतको भनाइ छ । भण्डारी पोखराबाट प्रसारण हुने बिग एफएमका अध्यक्ष हुन् । पार्टी विधान अनुसार अहिले प्रदेश संयोजक तोक्ने र पछि जिल्ला संयोजकहरु तोकिसकेपछि प्रदेश कमिटी बन्ने जनाइएको छ ।

      शनिबारको बृहत् नागरिक सभामा पार्टी संयोजक रवीन्द्र मिश्र र उज्ज्वल थापा, शीर्ष नेताहरु केशव दाहाल, डा. सूर्यराज आचार्य, रञ्जु दर्शनाले राजनीतिक, आर्थिक, एवं वैकल्पिक राजनीतिक शक्ति केन्द्रित मन्तव्य राख्नेछन् ।


      प्रतिकृया दिनुहोस्