Samadhan National Daily

      डेंगु संक्रमणबाट बचाैं

      , १२ कार्तिक:

      – लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै यो रोगबाट बच्ने प्रमुख उपाय हो । त्यसैले वातावरणीय सरसफाइमा विशेष ध्यान दिनु जरुरी छ ।

      डेंगु रोग एक प्रजातीको लामखुट्टेको टोकाइ कारणले गर्दा हुने सरुवा रोग हो । यो रोग एडिज एजिप्टाइ र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ, जसले दिउँसो मात्र टोक्छ । डेंगु रोग डेंगु भाईरसका कारणले हुने गर्छ । डेंगु रोग इन्डियन सबकन्टीनेन्ट, साउथ एसिया, साउथर्न चाइन, ताईवान, पेसिफिन आइल्यान्ड, मेक्सिको, अफ्रिका, सेन्ट्रल र साउथ अमेरिका जस्ता ठाउँहरुमा बढी पाइने गरेको छ ।

      सबभन्दा धेरै साउथ इस्ट एसिया र वेस्टर्न पेसिफिक आइल्यान्डमा देखिएको छ । २०१५ को सेप्टेम्बर महिना भारतको न्यु दिल्लीमा मात्रै १ हजार ८ सय ७२ जना बिरामीहरु डेंगु रोगले संक्रमित थिए । केही दिन अगाडि पोखराकै एक आस्पातलमा २८ जना बिरामीहरु डेंगु रोगले संक्रमित भएको समाचार आएको थियो ।

      नेपालमा सन् २००४ मा डेंगुको पहिलो बिरामी पत्ता लागेको थियो । सन् २००६ मा चितवनमा डेंगुका रोगी भेटिएका थिए । सन् २०१० मा ९ सयभन्दा धेरै बिरामी देशका विभिन्न ठाउँमा भेटिएको थिए । ती मध्ये ५ जनाको मृत्यु भएको थियो । विसं ०७३ मंसिरमा झापाको दमकमा डेंगुको संक्रमणबाट एक जना भारतीय नागरिकको मृत्यु भएको थियो ।

      सन् २०१२ अक्टुबरमा भारतीय सिनेमा उद्योगका चर्चित व्यक्तित्व एस चोपडाको डेंगु रोगको कारणले मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार केही दशकयता डेंगु संक्रमण नाटकीय ढंगले निरन्तर बृद्धि भएको छ ।

      २०१६ मा वल्र्ड हेल्थ अर्गनाइजेसनले डंगुको लागि ‘सनोफी पास्चर डेङभ्याक्सिए’ नामको भ्याक्सिन बनाएको थियो । यो भ्याक्सिन ९ देखि ४५ उमेर समूहका बिरामीलाई दिने गरिन्छ । तर यो भ्याक्सिन त्यति प्रभावकारी नभएको हुँदा वल्र्ड हेल्थ अर्गनाइजेसनले नै लामुखुट्टेबाट बच्ने र लामखुट्टे मार्नुलाई नै बढी प्रथामिकता दिएको थियो ।

      अहिलेसम्म डेंगु मनिसबाट मनिसमा सरेको छैन । डेंगु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोके पछि उक्त लामखुट्टेले मान्छेलाई टोक्दा डेंगु रोग सर्छ । लामखुट्टेको अलवा मनिसको तिव्र बसाइँसराइ र भ्रमणले यो रोग सार्न सहयोग गरिरहेको छ ।

      भारतका केही ठाउँमा लामखुट्टे बढाउने वातावरण बनाउने घरधनीलाई ५० हजारसम्म जरिवाना लगायत दण्ड सजाय दिने भनिएको थियो । डा. सुधिर अधिकारी अनुसार डेंगुको खास उपचार छैन । यसले संक्रमित व्यक्तिको शरीरमा रगत जम्ने प्रक्रिया अव्यवस्थित बनाइदिन्छ । ग

      म्भीर अवस्थाका डेंगुुका बिरामीको सम्पूर्ण शरीरमा रक्तश्राव गराइदिन्छ । डेंगुुले बिरामीको शरीरमा हुने प्लेटलेट्सको मात्रा घटाइ दिन्छ । जब प्लेटलेट्स काउन्ट १० हजारबाट कम हुँदै जान्छ तब शरीरका विभिन्न भागमा रक्तश्राव हुन सुरु हुन्छ । यस्तो अवस्थामा रगत दिनुपर्ने पनि हुनहुन्छ । यसको साथै रक्तचाप (ब्लड प्रेसर) कम हुने तथा फोक्सोमा पानी जम्ने जस्ता खतराहरु पनि हुन सक्छ ।

      यो ट्रपिकल र सबट्रपिकल क्षेत्रहरुमा अधिक रुपमा देखापर्छ । वर्षातको मौसममा डेंगु फिवरको प्रकोप धेरै बढ्ने गर्छ । डेंगु रोग फैलाउने लामखुट्टेले विशेष गरी दिनको समयमा टोक्ने गर्छ । डेंगु सार्ने लामखुट्टे जमेको पानीको वरपर हुने गर्छन् । डेङु एक प्रकारको भईरल इन्फेक्सन हो । जसलाई ४ प्रकारकामा वर्गीकरण गरिएको छ ।

      जस्तैः डेनवी १, डेनवी २, डेनवी ३ र डेनवी ४ । यो रोगका लक्षणहरु लामखुट्टेले टोकेको ४ देखि १० दिनपछि मात्र देखापर्छन् । यो रोगका बिरामीलाई समयमा नै अस्पातल पुर्‍याउन सकेको खण्डमा नियन्त्रण गर्न सकिन्छ । हालसम्म डेंगु रोगको लागि कुनै विशेष औषधी बनीसकेको छैन । यद्यपि डेंगु रोगले ग्रस्त पारेर सिकिस्त बनाइ सकेको बिरामीको लागि भने विविध उपचार गरिन्छ ।

      डेङु रोगले संक्रमित व्यक्तिमा रुघा–खोकी र तिव्र ज्वर आउने, जाडो हुँदै ज्वरो आउने, टाउको दुख्ने, मुटुको धड्कन कम हुने, आँखा रातो हुने, अनुहार गुलाबी देखिने, खल्खली पसिना आउने, आँखामा दुखाइ हुने, जोर्नीहरुमा दुखाइ हुने, बान्ता हुने, रिंगटा लाग्ने, स्वास फेर्न अफ्ठ्यारो हुने, पेट दुख्ने, शरीर सुन्निने, छालामा रातो बिबिराहरु देखिने, शरीरका अंगहरुबाट रक्तश्राव हुने, (विशेषगरी नाक, मुख र मांसपेशी (डेंगु हेमोरेज फेवर), पिसाब रातो आउने, दिसा कालो हुने, बेहोस हुने, ब्लड प्रेसर कम हुने, रगतमा हुने प्लेटलेट्सको मात्रा कम भई शरीरका विभिन्न अंगहरुमा रक्तसञ्चार सुचारु रुपले हुन नसक्ने जस्ता लक्षणहरु हुने गर्छन् ।

      डेंगु रोगको लक्षणहरु लेप्टोस्पाइरोसिस, टाइफाईड, एलो फेवर, स्कारलेट फिवर, रकी माउन्टेन फिवर, मेनीन्जोकोक्सेमिया, मलेरिया, चिकनगुनिया, फुड पोइजनिङ तथा अन्य रोगहरुको लक्षणहरु सँग पनि मिल्दो जुल्दो हुन्छ ।

      डेंगु रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्ने । घर वरपर जमेको पानी छ भने तुरुन्त पुरिदिने । लामखुट्टेहरु भएको ठाउँमा जाँदा शरीर पूरै ढाकिने गरी कपडा लगाउने । डेंगु लागेको लक्षणहरु देखपरेको अवस्थामा तुरुन्त अस्पातल वा स्वास्थ्य केन्द्रमा जाने । डेङु लागेको शंका हुनासाथ अत्यधिक तरल पदार्थहरु सेवन गर्ने ।

      अस्पताल वा स्वास्थ्य केन्द्र पुगेपछि डाक्टर तथा स्वास्थ्यकर्मीले भने अनुसार गर्ने । यो रोग लागेपछि लाक्षेणिक उपचार गर्दै जाने हो । डेंगुुका बिरामीले मेवाको पातको जुस पिउँदा राम्रो हुन्छ । डेंगुको बिरामीलाई एस्पिरिन, आइब्रुफिन जस्ता दुखाइ कम गर्ने औषधी सेवन गर्नु हुँदैन ।

      यस्ता औषधीले रक्तश्राव बढाउने गर्छ । पारासिटामोल तथा कोडिन जस्ता औषधीको प्रयोग गर्ने गरिन्छ । गम्भीर बिरामीलाई अस्पातलमा राखेर फ्लुड हाइड्रेसन, ब्लड ट्रान्सफ्युजन, प्लेटलेट्स ट्रान्सफ्युजन, ब्लड प्रेसर सपोर्ट तथा अन्य इन्टेन्सिभ केयरको आवश्यकता पर्न सक्छ ।

      १० वर्षभन्दा कम उमेर समूहका बालबालिकामा यो रोग सर्ने प्रबल सम्भावना हुन्छ । यो रोगको कारण ६ प्रतिशतदेखि ३० प्रतिशतसम्म बालबालिकाको मृत्युदर रहेको छ । एक वर्षभन्दा कम उमेरका बालबालिकालाई डेंगु रोग लागेको खण्डमा मृत्यु हुने सम्वाभना बढी रहन्छ ।

      लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै यो रोगबाट बच्ने प्रमुख उपाय हो । त्यसैले वातावरणीय सरसफाइमा विशेष ध्यान दिनु जरुरी देखिन्छ । लामखुट्टेले खुला ट्ंयान्की, कुलर भित्र जमेको पानी, गमलाको पानी, टुटे फटेका सिसा वा भाडामा जम्मा भएको पानी तथा खाल्टा खुल्टीहरुमा जम्मा भएको पानीमा फुल पार्ने हुँदा यस्ता ठाउँमा पानी जम्न नदिनु र जमेको पानीलाई पुर्ने व्यवस्थ्या गरिनुपर्छ ।


      प्रतिकृया दिनुहोस्