Samadhan National Daily

      पाेखरामा डेंगुकाे कहरः विज्ञ टोली पोखरा अाइपुग्याे

      पाेखरा, १६ कार्तिक:

      कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको विज्ञ टोली डेगु अध्ययनको लागि पोखरा आएको छ ।

      डेंगु प्रभावित क्षेत्रको लामखुट्टेले अनुसन्धानका लागि तालिम केन्द्रमा लैजान हेटौंडाको विज्ञ टोलीले विभिन्न ठाउँको लामखुट्टेले संकलन गरेको छ । बिहीबारदेखि पानीका लामखुट्टे संकलन गरेको टोलीले केही दिनमा नै हेटौंडा लैजाने डा भगवतीप्रसाद शर्माले जानकारी दिए ।

      पोखरामा महानगरपालिका ५, ८ र ९ मा गरेर पोखरामा ८५ जना डेंगुका बिरामी भएको प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो वर्ष लेखनाथ क्षेत्रमा देखिएको डेंगु यो वर्ष पोखरामा फैलिएको छ । कात्तिकको पहिलो हप्तादेखि पोखरामा डेंगु देखिन थालेको हो । पोखरा बस्दै आएका कास्की, तनहुँ, पर्वत, बागलुङ, म्यादी, स्याङ्जा लगायतका जिल्लाका नागरिकमा डेंगु देखिएको हो ।

      पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले बिरामीको गण्डकी मेडिकल कलेज, चरक अस्पताल र फेवा सिटी अस्पतालमा उपचार भएको बताए । गत महिनादेखि कास्की र आसपासका जिल्लाबाट डेंगुका लक्षण भएका बिरामी अस्पतालमा आउन थालेको शर्माको भनाइ छ ।

      डेंगुका बिरामीलाई ज्वरो आउने, टाउको दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, शरीरका विभिन्न ठाउँ दुख्ने लगायतका लक्षण देखिन्छन् । रोगबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुन्छ । डेंगुको जीवाणु भएको लामखुट्टे सफा पानीमा बस्ने गर्छ । गाडीको पुरानो टायर, भाडामा राखिएको सफा पानीमा यस्तो लामखुट्टे बस्ने गर्छ । पानीमा लामखुट्टेले फूल पार्ने हुँदा पानीबाटै डेंगु सर्छ । घरको भाँडामा राखिएको पानीमा लामखुट्टे बस्न नमिल्ने गरेर छोपेर राख्नुपर्छ ।

      डेंगु संक्रमण सबैभन्दा पहिले पोखरा ८ मा देखिएको थियो । अहिले ८५ जनालाई डेंगु भएको हो या हैन भनी परीक्षणका लागि पठाइएको छ । पछिल्लो समय अन्य वडाका बासिन्दामा पनि डेंगुको लक्षण देखिएको छ । पोखरा महानगरपालिकाले डेगुं देखिएको क्षेत्र वरिपरि विभिन्न सचेतनाको कार्यक्रम गर्दै गरेको छ ।

      संक्रमित क्षेत्र वरिपरिका बासिन्दालाई धेरै दिनसम्म खुला ठाउँमा संकलन गरेर पानी नराख्न, खानेपानी छोपेर राख्न, लामखुट्टेको टोकाइबाट बच्ने उपाय सिकाउने पर्चा, पम्प्लेट महानगरले जनाएको छ ।


      प्रतिकृया दिनुहोस्