Samadhan National Daily

      विदेशी हाइप्राेफाइलहरुकाे पाेखरामा ‘फ्रेण्डशीप एण्ड बिजनेश टक’

      लेखनाथ, २० कार्तिक:

      विभिन्न विदेशी सामाजिक संघ, संस्थामा क्रियाशील व्यक्तित्वले आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेका छन् ।

      अमेरिकाको रियल स्टेट व्यवस्थापक तथा सामाजिक कार्यकर्ता टोड हेन्ड्रिक्सको नेतृत्वमा अमेरिकाका बिभिन्न राज्यसहित बेलायत, इथोपिया, लेबनान, कोसोभो लागायतका देशका प्रतिनिधि तथा सामाजिक विकास कार्यकर्ता शिष्टाचार भेटघाटका लागि नेपाल आएका हुन् ।

      साेही क्रममा उनीहरुले पोखरा भ्रमणसमेत गरे । भेटमा मुख्यमन्त्री गुरुङले सबैको सहकार्य र हातेमालोले मात्र शान्ति प्रक्रिया टुंगोमा पुग्ने बताए । यसअघि रुपाकोट रिसोर्टमा भएको कार्यक्रममा उनीहरुले पोखराको प्राकृतिक सुन्दरताको प्रंशसा गर्दै यहाँ लगानीको सम्भावनाबारे पनि छलफल गरेका थिए ।

      अमेरिकाका रियल स्टेट व्यवस्थापक तथा सामाजिक कार्यकर्ता टोड हेन्ड्रीक्सको नेतृत्वमा अमेरिकाका बिभिन्न राज्य सहित बेलायत, इथोपिया, लेबनान, कोसोभो लागायतका देशका प्रतिििनधि तथा सामाजिक विकास कार्यकर्ता सिष्टाचार भेटका लागि नेपाल आएका हुन् । मित्रता तथा भातृत्वका लागि हरेक वर्ष आयोजना गरिने ‘प्रेयरी बे्रकफास्ट‘ कार्यक्रमका लागि उनिहरु नेपाल आएका हुन् ।

      यसै क्रममा उनिहरुले पर्यटकिय सहर पोखराको भ्रमण तथा गण्डककी प्रदेशका मुख्यमन्त्रिसँग भेटघाटका लागि पोखरा आएका थिए । उक्त भेटमा मुख्य मन्त्रि गुरुङले नेपाल जस्तै शान्ति प्रक्रियामा क्रियाशिल अन्य देशहरुको उदाहरण दिँदै सबैको सहकार्य र हातेमालोले मात्र शान्ति प्रक्रिया टुंगोमा पुग्ने बताएका थिए ।

      यसअघि रुपाकोट रिसोर्टमा अयोजना गरिएको गेदरिङ तथा प्रेयर ब्रेकफास्टमा उनिहरुले पोखराको प्राकृतिक सुन्दरताको प्रंशसा गर्दै यहाँ लगानीको संभावनाका बारेमा छलफल गरेका थिए । उनिहरुले पोखरामा पर्यटन लाइ बिश्वव्यपाी प्रवद्र्धन गर्न आफ्नो ठाउँबाट हरदम सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

      “हरेक मानिस सँग विकास का लागि आवश्यक कुनै न कुनै क्षमता हुन्छ र त्यसलाइ सबैको भलाइका लागि प्रयोग गर्न संघर्ष आवश्यक छ” नेपालमा लगानी गर्न आँफू निकै इच्छुक रहेको बताउँदै संयुक्त राज्य अमेरिकाका समाजिक अभियन्ता तथा अमेरिकन एक्सप्रेस बैंक का पूर्व सिइओ, प्रमुख कार्यकारी अधिकृत बेन स्मीथले भने भने – अबको युगमा बिश्वमा हरेक मानिसलाइ संघर्षशिल बन्न र उत्पादनमुलक काम गर्न प्रेरणा दिइनु पर्छ ।

      त्यस्तै बेलायत बिश्व बिद्यालयका प्रोफेसर पिटर कोनलेनले नेपालको सुन्दर भौगोलिक संरचना र स्वच्छ हावापानीले नै विकासका थुप्रै संभावना बोकेको भन्दै सहकार्य र हातेमालो आवश्यक भएको बताए ।

      कार्यत्रममा इथोपियाका पूर्व प्रधानमन्त्रि लेयेन टामराट, कोसोवोका लागि पूर्व राजदुत एहेमत शाला, संयुक्त राज्य अमेरिकाका बिश्व प्रसिद्ध फूटबल खेलाडी बोल्डन रिकि, संयुक्त राज्य अमेरिकाका समाजसेवी तथा लगानीकर्ता फ्रेन्क जोनाथन, अमेरिकन लगानीकर्ता फ्रेन्क मार्गी, संयुक्त राज्य अमेरिकाका मानव अधिकारवादी सेल्भीच स्टीभ, रसियाका व्यवसायी सान्ताेभ डिमिट्री, संयुक्त राज्य अमेरिकाका चर्चीत व्यवसायी भ्युप भ्यान लगायतको सहभागिता रहेको थियो ।

      यस अघि उक्त टोलीले राष्ट्रपति बिद्यादेबी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुनसँग शिष्टाचार भेटघाट गरेका थिए । काठमाण्डौमा आयोजना गरिएको “ फ्रेन्डशिप ग्यादरिङ्ग तथा प्रेयर ब्रेकफास्ट” कार्यक्रमका बिच सभामुख कृष्ण बहादुर महरा, नेता बामदेब गौतम सहित बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिसँग अनुभव आदान प्रदान गरेका थिए ।

      बिश्वका मानिसहरुविच आपसी सद्भाव र हातेमालो प्रप्रवद्र्धनका लागि नेपालमा पहिलो पटक प्रेयर ब्रेकफास्ट आयोजना गरिएको कार्यक्रमका संयोजक पदमराज पौडेलले बताए ।

      गर्न प्रेरणा दिइनु पर्छ ।’ बेलायती प्रोफेसर पिटर कोनलेनले नेपालको सुन्दर भौगोलिक संरचना र स्वच्छ हावापानीले विकासका थुप्रै सम्भावना बोकेको उल्लेख गरे ।

      संसारका मानिसबीच सद्भाव र हातेमालो प्रवद्र्धनका लागि नेपालमा पहिलो पटक प्रेयर बे्रकफास्ट आयोजना गरिएको कार्यक्रम संयोजक पदमराज पौडेलले बताए ।


      प्रतिकृया दिनुहोस्