• Ad

Samadhan National Daily

  • Ad

व्यावसायिक फोटो पत्रकारिता प्रशिक्षण सुरु

राष्ट्रिय फोटो पत्रकार समूह, कास्कीको आयोजनामा पोखरामा व्यावसायिक फोटो पत्रकारिता प्रशिक्षण सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त प्रशिक्षणमा कास्कीसहित छिमेकी जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत करिब ४५ जना पत्रकारको सहभागिता छ । प्रशिक्षण उद्घाटन...बाँकी

पोखरामा विश्व एकाउन्टेन्सी दिवस

पोखरामा पहिलो पटक विश्व एकाउन्टेन्सी दिवस मनाइएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को आयोजनामा पहिलो पटक पोखरामा दिवस मनाइएको हो । एकाउन्टेन्सीका पिता मानिने लुका पासिवलीको सम्झनमा विश्वभर अंग्रेजी महिनाको डिसेम्बर १० तारिखका...बाँकी

प्राडा न्यौपानेलाई नेत्रशोभा पुरस्कार

साहित्यकार तथा पृथ्वीनारायण क्याम्पसका प्राडा कुसुमाकर न्यौपानेलाई नेत्रशोमा स्मृति साहित्यिक पुरस्कारबाट सम्मानित भएका छन् । साहित्यकार वनमाली निराकारले स्थापना गरेको उक्त पुरस्कार सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले शनिबार प्राडा न्यौपानेलाई भैरहवामा प्रदान गरे । रुपन्देहीस्थित...बाँकी

कांग्रेसले धोका दिएको भन्दै राप्रपा कास्की गठबन्धनबाट वाहिरियो

नेपाली कांग्रेसले धोका दिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की लोकतान्त्रिक गठबन्धनबाट वाहिरिएको छ । पार्टीले शुक्रबार पत्रकार भेटघाट कार्यक्रममा प्रजातान्त्रिक गठबन्धनको नाममा कांग्रेसको सति जान नसकिने प्रतिक्रिया दिएको छ । पार्टीका जिल्ला अध्यक्ष जयलाल पुनले...बाँकी

कोइरालाको चुनावी अभियान तीव्र

कास्की क्षेत्रनं १ अन्तर्गत प्रदेश (क)का वाम गठबन्धनका साझा उम्मेदवार दीपक कोइरालाले चुनावी अभियानलाई तीव्र पारेका छन् । कास्कीको रुपा गाउँपालिका स्यास्त्रीबाट अभियानको शुभारम्भ गरेका कोइरालाले जनयुद्धका सहिद चन्द्रकान्त खनालको परिवारजनलाई भेटेर आफ्नो चुनावी अभियान...बाँकी

‘कम्युनिस्ट व्यवस्था विरुद्ध कांग्रेसमा मत’

नेपाली कांग्रेसका नेता तथा उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले आउँदो चुनावमा उम्मेदवारको मुख नहेरी कांग्रेसमा मतदान गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १५ को चुनावी प्रचार कार्यालय उद्घाटनमा...बाँकी

‘भ्रमको खेती गर्ने दिन सकिए’

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश ४ का संयोजक, तनहुँ निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ का उम्मेदवार किरण गुरुङले जनतालाई भ्रमको खेती गर्नेका दिन अब सकिएको बताएका छन् । चुनावी प्रचार प्रसार...बाँकी

सामाजिक रुपान्तरणलाई कम्युनिस्ट सरकार आवश्यक : अधिकारी

वाम गठबन्धनका तर्फबाट कास्की क्षेत्र नं एकका प्रतिनिधि सभा सदस्यका उम्मेदवार खगराज अधिकारीले सामाजिक र आर्थिक रुपान्तरणका लागि नेपालमा कम्युनिष्ट सरकारको विकल्प नरहेको बताएका छन् । युवा संघ नेपाल र वाइसिएल नेपाल क्षेत्र नं एक...बाँकी

राजनीतिमा प्रतिस्पर्धा हुन्छ, दुश्मनी होइनः रवीन्द्र

नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले चुनावी उम्मेदवारका बीचको प्रतिस्पर्धालाई सहज रुपमा लिनुपर्ने बताएका छन् । ‘राजनीतिमा प्रतिस्पर्धा हुन्छ तर दुश्मनी हुँदैन,’ उनले भने, ‘त्यसै कारण कसैले कसैलाई गालीबेइज्जत गर्न जरुरी छैन ।’ उनले नेताहरुबाटै राजनीतिलाई...बाँकी

उन्नाइस् हजार कैदीबन्दी मताधिकारबाट बञ्चित

सामान्यतः १८ वर्ष पूरा भएका नेपालीले चुनावमा भोट हाल्न पाउँछन् । हो, जेलमा परेका कैदीबन्दी हिँड्नडुल्न पाउँदैनन्, चुनावमा उम्मेदवार हुन पाउँदैनन्, तर यसपालि त उनीहरुले भोटसमेत हाल्न नपाउने भएका छन् । यसपालिको चुनावलाई लक्ष्य गरेर...बाँकी
Ad