मनितालाई स्वागत गर्न विमानस्थल पुगिन् श्रृङ्खला

समाधान संवाददाता २०७५ पुष ५ गते ११:३२

मिस यूनिभर्स’मा टप १० मा पर्न सफल ‘मिस यूनिभर्स नेपाल’ मनिता देवकोटा नेपाल आइपुगेकी छिन् । थाइल्याण्डको बैंककबाट उनी हिजो राती नेपाल आएकी हुन् । उनलाई विमानस्थलमा स्वागत गर्नका लागि ‘मिस नेपाल बर्ल्ड’ श्रृङ्खला खतिवडा पनि पुगेकी थिइन् । उनको साथमा ‘मिस नेपाल २०१८’को उत्कृष्ट ४ मा पर्न सफल प्रिया सिग्देल र रोनाली अमात्य पनि विमानस्थल पुगेका थिए ।

श्रृङ्खलाले ‘मिस बर्ल्ड’मा आफूलाई उत्कृष्ट १२ सम्म पुर्याउन सफल भएकी थिइन् । मनिताले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफ्नो ‘मिस यूनिभर्स’को यात्राको बर्णन गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया