ह्याप्पी न्यु इअर

समाधान संवाददाता २०७५ पुष ५ गते ११:३५


ग्रेगोरियन पात्रोअनुसार आजबाट नयाँ वर्ष सन् २०१९ सुरु भएको छ । प्रत्येक वर्ष जनवरी पहिलो तारिखका दिन इस्वी संवत् सुरु हुन्छ । विश्वका अधिकांश मुलुकमा सो संवत् प्रचलनमा छ । इसाई धर्मका प्रवर्तक जिजस क्राइस्ट (प्रभु यशु)को सम्झनामा उनको मृत्युपछि अनुयायीले यो संवत प्रचलनमा ल्याएका हुन् । विश्वका सम्पूर्ण मानव समुदायको कल्याण तथा मुक्तिका लागि क्राइस्टले मारियमको कोखबाट जन्म लिई पृथ्वीमा आएको विश्वास उक्त धर्मावलम्बीको छ । विश्वव्यापी रुपमा संस्कृतीकरणको प्रभाव बढिरहेका बेला नेपालमा पनि अंग्रेजी नयाँ वर्ष विशेष पर्वकै रुपमा मनाउन थालिएको छ । खासगरी पश्चिमा मुलुकको देखासिकीले युवा वर्ग यसतर्फ आकर्षित हुँदै गएका छन् । भूगोल, जातजाति, धर्म विशषेका आधारमा हाम्रो मुलुकमा धेरै थरी नयाँ वर्ष मनाउने चलन छ । गुरुङले लोसारलाई नयाँ वर्ष मान्ने गरेका छन् । इश्लाम धर्मावलम्बीहरुले उनीहरुकै प्रचलन अनुसार नयाँ वर्ष मनाउँछन् ।
अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा विशेष कार्यक्रमहरु नै हुन्छन् । विदेशी पर्यटकलाई लक्ष्य गरी, काठमाडौंको ठमेल, पोखराको लेकसाइडमा विशेष महोत्सव नै हुने गरेका छन् । पोखरामा त विगत १९ वर्षदेखि लगातार सडक महोत्सव हुँदै आएको छ । ५ दिन मनाइयो यो महोत्सवमा पोखरामा स्वदेशी र विदेशी पर्यटकको चाप थामिनसक्नु हुन्छ । विदेशीहरु न्यु इअर सेलेब्रेसन गर्न पोखरा आउने चलन बढेको छ । १ वर्ष पोखरामा न्यु इअर सेलेब्रेसन गरेको पर्यटकले अर्को वर्ष साथीभाइ समेत लिएर आउँछन् । यसले पोखरा र समग्र नेपालको पर्यटन व्यवसायमा सकारात्मक असर पारेको छ । पोखराको सडक महोत्सव नेपालको पर्यटन प्रवद्र्धनमा स्थापित ब्रान्ड नै भइसकेको छ । विदेशी भन्दा पनि पछिल्लो समयमा नेपालीहरुमै यसलाई पर्वको रुपमा मनाउने चलन ह्वात्तै बढेको छ । न्यु इअरमा पोखरा जानुपर्छ भने कतिपयले त क्यालेन्डरमै टिपेर राखेका हुन्छन् । आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत यो कोशेढुंगा सावित भएको छ ।
एकअर्काको धर्मसंस्कृतिको सम्मान गर्ने अनि त्यसलाई सहज रुपमा लिनु निकै राम्रो हो । तर विदेशी संस्कृति अवलम्बन गरिरहँदा आफ्नो परम्परा र संस्कृतिलाई पछिल्लो पुस्ताले बिर्संदै गएको महसुस हुन थालेको छ । नेपाली नयाँ वर्षमा नेपाल सरकारले बिदा दिन्छ । तर अंग्रेजी नयाँ वर्षको बेला जस्तो रमझम नेपाली नयाँ वर्षमा हुँदैन । नयाँ वर्षलाई लक्ष्य गरेर मेला महोत्सव गरिन्छन् । तर भव्य हुँदैनन् । पहिलो त अंग्रेजी नयाँ वर्षको बेला मौसमले पनि साथ दिएको हुन्छ । चिसो मौसम अनि पानी नपर्ने अनि हावाहुरी नलाग्ने भएकाले महोत्सव भव्य बन्छन् । दोस्रो युवायुवतीहरु आफ्नो नयाँ वर्ष भन्दा न्यु इअर मनाउँदै बढी लालायित देखिन्छन् । जे होस, न्यु इअर सेलेब्रेसनमा रमाउने पछिल्लो पुस्ता अब आफ्नै पात्रोको नयाँ वर्ष पनि भव्यरुपमा मनाउन अग्रसर होऊन् । ह्याप्पी न्यु इअर २०१९ ।

अब, गाइ पाल्ने एक कृषकको कथामा चलचित्र निर्माण भएको छ । माघ १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’को आज ट्रेलर सार्वजनिक भएको छ । यो ट्रेलरमा नेपालमै राम्रो पढाई गरेर विदेश नगई देशमै गाइपालन गर्ने एक यूवकको कथालाई उठान गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया