ईपीएल क्रिकेटः फाइनल प्रवेशका लागि भैरहवा र काठमाडौं भिड्दै

समाधान संवाददाता २०७५ पुष ५ गते १०:३१

५ पुस, काठमाडौं । एभरेष्ट पि्रमियर लिग (ईपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज भैरहवा ग्लाडिएटर्स र काठमाडौं किंग्स इलाभेनबीच प्रतिस्पर्धा हुदैछ ।

टियु क्रिकेट मैदानमा आज साढे ११ बजे सुरु हुने दोस्रो क्वालिफायर खेलमा दुबै टिम जित हात पार्दै फाइनल पुग्ने लक्ष्यमा छन् । काठमाडौं पहिलो क्वालिफायर खेलमा ललितपुर प्याटि्रएटससँग एक विकेटले पराजित हुदै दोस्रो क्वालिफायरमा पुगेको थियो । ललितपुर भने फाइनलमा पुगिसकेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया