फ्रान्समा राष्ट्रपतिको सम्बोधन, तलब वृद्धि र कर छुटको घोषणा

समाधान संवाददाता २०७५ पुष ५ गते ११:२३

२५ मंसिर, काठमाडौं । महंगीविरुद्ध आन्दोल चर्किएपछि दबावमा परेका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले तलब वृद्धि र कर छुटको घोषणा गरेका छन् । टेलिभिजनमार्फत् देशबासीलाई सम्बोधन गर्दै उनले सन् २०१९ देखि न्युनतम तलब मासिक एक सय यूरो बढाउने लगायतका घोषणा गरेका हुन् ।

कम आय भएका र पेन्सन बुझ्दै आएकाहरुमा लगाइएको कर पनि खारेज गरिएको राष्ट्रपति म्याक्रोले बताएका छन् । ओभर टाइमको आम्दानीमा पनि अब कर लाग्ने छैन । रोजगारदाताहरुलाई वर्षको अन्तिममा कर छुट र एकमुस्ट बोनस दिने गरी प्रोत्साहित गरिने उनले बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया