शिवघाटका राजु पाैडेल निर्मम कुटिए, आक्रमणकारी अझै फरार

समाधान संवाददाता २०७५ पुष २४ गते १३:३७

समाधान सम्वाददाता

भरतपुर महानगरपालिका वार्ड नं १६ शिवघाटका राजु पौडेल माथि सांघातिक हमला गर्ने गुण्डाहरुलाई चितवन प्रहरीले नियन्त्रणमा लिन असफल भएको छ ।

२०७५ साल पुष २० गते साँझ पौने ७ बजे पौडेलमाथि आक्रमण भएको थियो। ना १ च ५६५३ नम्वरको गाडीमा भरतपुरबाट घर जाने क्रममा गाडी रोकेर पौडेललाई रड, ढुंगा, लाठी मुड्कीले बहोश हुने गरी निर्घात कुटपिट गरिएको पारिवारिक स्रोतले बताएको छ ।

Advertisement

भरतपुर शिवघाट वस्ने ३७ वर्षीय इन्द्रबहादुर वस्नेत र सोही ठाउँका ३६ वर्षीय कुमार बानियाँ सहित नाम थर स्पष्ट थाहा नभएका ६ जना सहित आठ जनाले राजु पौडेल माथि आक्रमण गरेको दाबी गर्दै पीडितकी श्रीमती उर्मिला बराल पौडेलले चितवन प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग मुद्दामा किटानी जाहेरी दर्ता गराएकी छिन् ।

प्रत्यक्षदर्शीका अनुसार प्रहरी आउँदा आक्रमणकारीहरु घटनास्थल आसपासका होटलमा थिए तर प्रहरीले उनिहरुलाई पक्रने तदारुकता देखाएन । पीडित पक्ष घाइतेको उपचार गर्न अस्पतालतर्फ लागेपछि आक्रमणकारीहरु भाग्न सफल भएको वताइएको छ ।

Advertisement

भरतपुर महानगरपालिकाको वार्ड नं १६ र ४ को सिमानामा टोलै नियन्त्रणमा लिएर घटाइएको घटनाका आरोपीहरुलाई ४ दिन वितिसक्दा पनि प्रहरीले पक्राउ गर्न नसकेपछि चितवनमा सुरक्षा चिन्ता बढाएको छ । घटना स्थलमा ताततातै प्रहरी पुगेको भएपनि कसरी उम्किए रु यसको जवाफ दिन चितवन प्रहरी नाजवाफ छ । चितवनका प्रहरी प्रमुख एसपी सुशिल सिंह राठोर अदालतको आदेश विना कसैलाई पक्राउ गर्न नमिल्ने भएका कारण राजु पौडेललाई सांघातिक हमला गर्नेहरुलाई पक्राउ गर्न नसकिएको वताउँछन् ।
 

कानूनलाई दोष लगाएर प्रहरीले अपराधी नसमातेपछि उनिहरु यतिखेर फरार छन् । घाइते राजु पौडेल चितवन मेडिकल कलेजमा सघन उपचार कक्षमा मृत्युसँग संघर्ष गरिरहेका छन् ।

पीडितकी श्रीमती उर्मिला वराल पौडेलले सोमवार किटानी जाहेरी दिएपछि वल्ल चितवन प्रहरीले राम प्रसाद नाममा एक प्रहरी इन्सपेक्टर लाई घटनाको छानविन गर्न खटाएका छन् खटाएका प्रहरी अधिकृतले पीडित पक्षलाई मिल्ने सर्त राखेर आरोपितलाई पक्राउ गर्ने वताएको छ ।

वडा अध्यक्ष अर्पण पोखरेललाई हवाला दिएर प्रहरीका अनुसन्धान अधिकृतले आरोपीहरु लाई पक्राउ गर्नु भन्दा संरक्षणमा लागेको भन्दै पीडित कि श्रीमतीले सुरक्षा चिन्ता व्यक्त गरेकी छिन् ।

यता चितवन प्रहरी प्रमुख सुशिल सिंह राठोर सोमवार मुद्दा दर्ता भएकोले अब पक्राउ गरेर प्रहरीले कानूनी काठघरामा उभ्याउने बताउँछन् । बल्न नसक्ने अवस्थामा रहेका बिरामी राजु पौडेलको स्वास्थ्य सुधार भएपछि थप जानकारी आउने पारिवारिक स्रोतले बताएको छ ।

तस्बिरः पारिवारिक स्राेत

तपाईको प्रतिक्रिया