बुदेकाे परिवारलाई ज्येष्ठ नागरिक समितिद्वारा सहयाेग

समाधान संवाददाता २०७५ पुष २४ गते १७:३२

ज्येष्ठ नागरिक सरोकार समिति पोखरा ९ द्वारा क्यान्सर रोगबाट मृत्यु भएका बुदे परियारका परिवारलाई परम्परागत संस्कार गर्न १० हजार रुपैयाँ प्रदान गरेको छ ।

पोखरा ९ शान्तिवन निवासी परियारलाई ज्येष्ठ नागरिक सरोकार समितिका अध्यक्ष केशवराज भण्डारीले परियारकी आमा बिवा परियारलाई सोमबार सहयोग हस्तान्तरण गरेका हुन् ।

Advertisement

३४ वर्षिय अपांग परियारको खुट्टाबाट क्यान्सर सुरु भएको र खुट्टाको क्यान्सर उपचारको लागि पनि वडा कार्यालय ९ ले १० हजार रुपैयाँ सहयोग गरेको सचिव लोक दर्शन कोइरालाले बताए ।

संस्थाका अध्यक्ष केशवराज भण्डारी, वडाध्यक्ष रामराज लामिछाने, वडासचिव लोकदर्शन कोइराला, महिला सदस्य राममाया मानन्धर र स्थानीयबासीले सहयोग गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया