गण्डकीमा माघे संक्रान्ति बिदा
समाधान संवाददाता
२०७५ पुष २५ गते १६:०५

समाधान सम्वाददाता
गण्डकी प्रदेश सरकारको बुधबार बसेको गण्डकी प्रदेशको मन्त्रीपरिषद् बैठकले माघे संक्रान्ति १ माघमा प्रदेशमा सार्वजनिक विदा दिने भएको छ ।
प्रदेश सरकारले वर्षमा ६ दिन बिदा दिन पाउने जानकारी दिँदै प्रदेशमा रहेका जात जातीका प्रमुख चार्डपर्वलाई लक्षित गर्दै महत्वपूर्ण अन्य पर्वमा समेत विदा दिने भएको ५ । यस अघि गुरुङ जातिको मुख्य पर्व तमु ल्होसारको अवसरमा १५ पुसमा समेत प्रदेश सरकारले बिदा दिने निर्णय गरेको थियो ।
त्यस दिन प्रदेश मातहतका सबै कार्यालयहरु बन्द रहेपनि संघ सरकार अन्तरगतका सरकारी कार्यालयहरु भने खुलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया