पाेखरामा मिस तामाङको तयारी तिव्र

समाधान संवाददाता २०७५ पुष २६ गते १६:१६

मिस तामाङ पोखराको तयारी तिव्र पारिएको छ । बैदाम तामाङ समाज पोखराको आयोजनामा हुने मिस तामाङ पोखरा माघ १२ गते पोखरा सभागृहमा हुँदैछ ।

माघ ५ गते शनिबार ट्यालेण्ट राउण्ड हुने कार्यक्रम संयोजक जयन्ती मोक्तानले बताए । सहभागिहरुलााई हरेक दिन बिभिन्न विषयमा तालिम प्रदान गरिएको छ । तालिमका लागि बिभिन्न क्षेत्रका विज्ञहरुले सहजीकरण गरिरहेको कार्यक्रम संयोजक मोक्तानले जानकारी दिए ।

तालिममा सहभागिहरुको कल्चरल फोटोसेसन गरिएको छ । तामाङ्ग भेषभुषामा उनीहरुको फोटोसेसन गरिएको हो । यसै गरि करियर काउन्सिलङका कक्षाहरु पनि सहभागीहरुलाइृ प्रदान गरिएको छ ।

Advertisement

कार्यक्रमका मुख्य प्रायोजक एक्सर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका प्रबन्ध निर्देशक रमेश थापाले उच्च शिक्षा अध्ययन र करियरका बारे सहजीकरण गरेका थिए । यसैगरि गण्डकी प्रदेशका सांसद एवम महिला सशक्तिकरणका अभियन्ता मिना गुरुङले महिला सशक्तिकरण र आत्मनिर्भरताका विषयमा सहजीकरण गरेका थिए ।

लोकप्रिय गायक राजु लामाले पनि सहभागीहरुलाई आफ्नो गायन यात्राको अनुभव सुनाउनुका सार्थ सफलताका शुत्रका विषयमा सहजीकरण गरेका थिए । समाजका अध्यक्ष ज्याक तामाङले डाइनिङ म्यानरका बारेमा तालिम प्रदान गरेका थिए । सहभागीहरुले तामाङ भाषा, संस्कार, सभ्यता तथा रहनसहनका बारेमा उत्सुकताका साथ जानकारी लिइरहेको समाजका अध्यक्ष ज्याक तामाङले बताए ।

Advertisement

बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको छ । ग्राण्ड फिनालेको दिन पहिलो नेपाल आईडल बुद्ध लामाको बिशेष प्रस्तुति रहने छ ।

प्रतियोगितामा देशभरबाट १४ जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको छ । सहभागीहरुमा काठमाण्डौका रिता लोप्चान, पोखरा बुद्धचोकका सुमी तामाङ, विरौटाका कञ्चन तामाङ, बाटुलेचौरका सोफिया स्याङबो, बिरौटाका सुस्मा लोप्चान, लामागाउँका श्वेता पाख्रिन, सृजनाचोकका आशा तामाङ, एयरपोर्टका अस्मिता तामाङ, घारीपाटनका रिस्ता घिसिङ, काठमाण्डौका जेमेना घिसिङ, रामेछापका सजना वाइवा, रत्नचोकका अमृता तामाङ, लेकसाइडका मिनु थोकर र नालामुखका प्रिती तामाङ रहेका छन् ।

मिस तामाङ पोखरा २०१९ की बिजेतालाई ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ हात पार्नेछन् । भिवर्स च्वाइसका रुपमा एकजना प्रतिस्पर्धीलाई नगद १५ हजारले पुरस्कृत समेत गरिने संयोजक मोक्तानले बताईन् ।

सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखरामा पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा र तेस्रो संस्करण २०१८ मा कविता योञ्जनले ताज पहिरिन सफल भईन् । कार्यक्रमबाट बचत रकम लेकसाइडमा निर्माणधिन रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने छ ।

तपाईको प्रतिक्रिया