गण्डकीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

समाधान संवाददाता २०७५ पुष २७ गते ८:३६


नयाँ शक्ति पार्टीनिकट महिला शक्ति महासंघ नेपाल, गण्डकी प्रदेश समितिले ७ बुँदै माग राखी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएको छ ।

महिला शक्ति महासंघकी गण्डकी प्रदेश संयोजक मञ्जु थापामगरको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री गुरुङले ज्ञापनपत्रमा उल्लेखित जायज माग पूरा गर्न आफूले सक्दो प्रयास गर्ने बताए ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा महिला शक्ति प्रदेश संयोजक थापामगरसहित नयाँ शक्ति पार्टी, गण्डकी प्रदेश प्रशिक्षण विभाग प्रशिक्षक शान्ता न्यौपाने, सांस्कृतिक संयोजक पार्वती जिसी, युवा शक्ति प्रदेश उपाध्यक्ष ज्ञानु आचार्य र महिला शक्ति कास्की संयोजक लक्ष्मी खातीको उपस्थिति थियो ।

Advertisement

ज्ञापनपत्रमा निर्मला पन्तको वास्तविक बलात्कारीलाई यथाशीघ्र पत्ता लगाइ कडा कारबाही गरिनुपर्ने, अंश र वंशमा समान अधिकारको सुनिश्चितता गरिनुपर्ने, चेलीबेटी बेचबिखनको अन्त्य गरिनुपर्ने, समान कामको समान ज्यालाको सुनिश्चितता गरिनुपर्ने, प्रजनन स्वास्थ्यमा अधिकार, निःशुल्क शिक्षा र हिंसामा परी वैदेशिक रोजगारीबाट फर्किएका दिदीबहिनीको उचित व्यवस्थापन हुनुपर्ने माग समेटिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया