ज्ञानेन्द्र कटाक्षः मातृभूमिमा कालो बादल मडारियो

समाधान सम्वाददाता
पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको दिव्य उपदेशको मर्म अनूरुपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको बताएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले २९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बिहिबार शुभकामना सन्देश दिँदै उक्त कुरा बताएका हुन्।
उनले नेपाली राष्ट्रिय एकता दिवसका अवसरमा नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शूभकामनासमेत दिएका छन्।
‘एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्वपूर्ण क्षण, राष्ट्र निर्माणकै दिन हो। राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरंगना एवम् सपूतहरुको उत्सर्ग हामी कहिल्यै भूल्न सक्दैनौं र हूँदैन। भूलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला जून सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रदैंछ यसले बडामहाराजाधिराजका दिव्य उपदेशको औचित्य स्मरण गराईरहेको छ,’ शुभकामना सन्देशमा भनिएको छ।
‘नेपाल चार वर्ण छत्तिस जातको फूलबारी हो, मेरा साना दूःखले आर्ज्याको मूलूक होइन सबैलाई चेतना भया’ भन्ने दिव्य उपदेशको मर्म अनूरुपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको उनले बताए।
‘एउटा नागरिकको निम्ति देशभन्दा ठूलो अर्को कूनै वाद वा विचार हुन नसक्ने भन्दै नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दूराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पूर्याउने, अनुशासनहिनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँदैन भन्ने मेरो मान्यता रहेको छ,’ उनले अगाडि भनेका छन्।
नेपाल रहँदा मात्र नेपाली हुनुको गौरव जीवन्त रहने यथार्थलाई आत्मसात गर्न उनले सुझाएका छन्।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया