सरकारले अपहेलना गरेको भन्दै घले समुदाय र लिःल आन्दोलित

समाधान संवाददाता २०७५ पुष २७ गते १२:२५

काठमाडौं । सरकारले अल्पसंख्यक आदिवासीको मान्यता दिएको घले समाजले आन्दोलनकै रुपमा लिःल ल्होसार मनाउने भएका छन् ।

आदिवासी जनजाति महासंघ लगायत विभिन्न जातीय र धार्मिक संघ संस्थाको आन्दोलनपछि सरकारले ०७६ सालमा दिइने सार्वजनिक विदा पुनरावलोकन गर्दा पनि घलेको पहिचान स्वीकार नगरिएको भन्दै आदिवासी घले समुदायले आपत्ति जनाएका छन् ।

घले जातिले प्रत्येक वर्ष माघ १ गते लिःल ल्होसर अर्थात घलेहरुको नयाँ वर्ष मनाउने गर्छन् । तामाङ,गुरुङ र शेर्पाहरुको ल्होसरमा सरकारले सार्वजनिक विदा सिफारिस गरे पनि घले ल्होसरको अस्थित्व स्वीकार नगरिएकोमा घले समाज लिःल फङले आपत्ति जनाएको छ ।

Advertisement

नेपालको प्राचिन इतिहासदेखिनै आफ्नै भाषा,संस्कृति र लिपी रहेको आदिवासी जनजाति समुदाय घलेलाई गत वर्ष सम्पन्न स्थानीय चुनावमा अल्पसंख्यक आदिवासीको मान्यता सरकारले दिएको थियो । ०६८ सालको जनगणना अनुसार करीव २३ हजार जनसंख्या रहेको घलेलाई आदिवासी जनजाति महासंघले भने घटक संगठनको मान्यता दिएको छैन ।

नेपालको इतिहासमा शाह र मल्ल वंशअघि नै घलेहरुले रसुवा, नुवाकोट, धादिङ, गोरखा, लम्जुङ क्षेत्रमा राज्य गरेको पाइन्छ । पृथ्वीनारायण शाहका अग्रज द्रव्य शाहले लिगलिगे दौडमा षडयन्त्रपूर्वक जितेर घले राज्य खोसिएको इतिहास छ ।

Advertisement

तपाईको प्रतिक्रिया