वाइडबडी प्रकरणमा देउवाबारे सत्यतथ्य जानकारी माग
समाधान संवाददाता
२०७५ पुष २९ गते १७:५६

समाधान सम्वाददाता, काठमाण्डाैं
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा नेकपा सांसद यज्ञराज सुनुवारले वाइड बडी घोटालामा तत्कालीन प्रधानमन्त्री देउवाको नाम पनि जोडिएको भन्दै संसदलाई जानकारी गराउन माग गरेका हुन् ।
उनले वाइडबडी खरिदमा मन्त्री मात्र नभई तत्कालिन प्रधानमन्त्री देउवाको नाम पनि जोडिएको भन्दै संसदलाई जानकारी दिन माग गरे ।
त्यस्तै, वाइड बडी विमान खरिदबारे लेखा समितिले अनुमोदन गरेको प्रतिवेदन लुकाउन खोजिएको भन्दै संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले आपत्ति जनाए ।
यादवले खरिद प्रक्रियामा संलग्न केही मन्त्रीलाई जोगाउन समितिका सभापति नै प्रतिवेदन लुकाउन लागि परेको आरोप लगाए । यादव सांसद राजन केसीको संयोजकत्वमा गठित वाइड वडी छानबिन उपसमितिका एक सदस्य समेत हुन् ।
सम्बन्धित







कांग्रेसको निर्णय : गगन थापा भावी प्रधानमन्त्रीका उम्मेदवार, प्रचार समिति संयोजकमा चालिसे
चुनाव जिते पनि संसद् छिर्न नपाउने जोखिममा मनाङका टेकबहादुर गुरुङ
पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया