मन्त्रीबाट कुटाइ खाएका सचिव उल्टै प्रहरी नियन्त्रणमा

समाधान संवाददाता २०७५ पुष २९ गते १८:०६

मन्त्री यादव, फाइल तस्बिर

समाधान सम्वाददाता, जनकपुर

प्रदेश दुईका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर झापड हानेका छन् । आफुले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले आज कार्यकक्षमै बोलाएर कुटपिट गरेको पर्यटन सचिव झाले बताएका छन् । घटनापछि कुटाई खाने सचिवलाई प्रहरीले उल्टै नियन्त्रणमा लिएको छ ।

Advertisement

संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताए।क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएका थिए। त्यसमा ४० वटा संस्था छनोट भएका थिए ।

सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीहरुले मुख्य ढोकामा धर्ना दिएका थिए। मन्त्री कोठामै थुनिएपछि सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मन्त्री यादवले भने आफूले सचिवलाई नकुटेको दाबी गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया