विद्यार्थी र अभिभावकलाई चुलै निम्तोः सरीता

समाधान संवाददाता २०७५ माघ १ गते ११:५२

ग्लोबल रिज एजुकेसन कन्सल्टेन्सीको आयोजनामा मंगलबार पोखरामा अस्ट्रेलियन युनिभर्सिटी फेयर सञ्चालन हुँदैछ । अस्ट्रेलिया पढ्न जाने नेपाली विद्यार्थीका लागि सही जानकारी दिने उद्देश्य राखेर आयोजना गरिएको सो मेलाबारे ग्लोबल रिज पोखरा प्रमुख सरीता गुरुङसँग समाधानकर्मीले छोटो कुराकानी गरेका छन्ः 

मेलाको तयारी पूरा भयो ?
हो, मेलाको तयारी पूरा भइसकेको छ । अब प्रतीक्षा छ त केबल अस्ट्रेलिया पढ्न जान चाहाने विद्यार्थी र उनीहरुको अभिभावकहरुको प्रतीक्षा छ । माघ १ गते (आज) विहान ११ बजेदेखि साँझ ४ बजेसम्म न्युरोडस्थित सिटी स्क्वायर ब्याङ्क्युटमा मेलाको आयोजना गरेका छौं । 

पाेखरामा फेयर आयोजना गर्नुको उद्देश्य के हो ?
अहिले नेपालमा विदेशी विश्वविद्यालयमा पढ्न चाहने युवाहरुको संख्या बढेको छ । विद्यार्थीका अभिभावकले पनि आफ्ना छोराछोरी विदेशमा पढाउन चाहन्छन् । तर धेरै जसोलाई यसबारे पर्याप्त जानकारी छैन । कहाँ पढ्ने, कस्तो कलेजमा पढ्ने, कति खर्च लाग्ने लगायत धेरै जिज्ञासा मेटाउन यो मेला आयोजना गरेका हौं । 

Advertisement

मेलामा आयोजकका तर्फबाट को को सहभागी हुन्छन् ?
हामीले अष्ट्रेलिका नामी नामी विश्व विद्यालयका प्रतिनिधिलाई सहभागी बनाउँदैछौं । २१ विश्वविद्यालयका प्रतिनिधि सहभागी हुँदै हुनुहुन्छ । यसमा अस्ट्रेलियामा पढाइने सबै खालका विषयबारे सहजै जानकारी प्राप्त गर्न सकिन्छ । उनीहरुसँग अन्तत्र्रिmया गर्न पाइन्छ । यो विद्यार्थी र अभिभावकका लागि ठूलो मौका हो । 

विद्यार्थी र अभिभावकलाई के भन्न चाहनु हुन्छ ?
मेरो एउटै आग्रह छ उहाँहरुलाई । आफ्ना बालबच्चा कहाँ पठाउदै छौं भन्ने राम्रो जानकारी लिएर मात्र छोराछोरी बाहिर पठाउनु पर्छ । सुरुमा गल्ती गरेर पछि पछुताउनु राम्रो हुँदैन । मैले धेरैजना पछुताएका अभिभावक पनि भेटेको छु । त्यसकारण माघ १ गते हामीले आयोजना गरेको मेलामा सहभागी हुनुस । तपाइको मनमा लागेका सबै प्रश्नहरुको सही उत्तर खोज्नुस् र आफूलाई सही हुने ठाउ र विश्व विद्यालयमा अध्ययन गर्ने निर्णय गर्नुस् । हामीले तपाईंहरुलाई चुलै निम्तो गरेका छौं । यो मौकाको सक्दो फाइदा लिएर अघि बढौं ।

Advertisement

तपाईको प्रतिक्रिया