दुर्घटना घटाउन चालककाे स्वास्थ्य जाँच

समाधान संवाददाता २०७५ माघ २ गते ११:२०

अर्जुन काफ्ले
स्याङ्जा

दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कर्यालय स्याङ्जाले चालकको स्वास्थ्य जाँच गरेको छ । ट्राफिक प्रहरीले जिल्ला स्वास्थ्य कार्यालयको प्राबिधिक सहयोगमा चालकको स्वास्थ्य परीक्षण गरेको हो ।

प्रेसर, आँखा कमजोर तथा छारे रोग भएका चालकले सवारी चलाउँदा दुर्घटना भएकाले चालकको स्वास्थ्य परीक्षण गरिएको ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक रेशम रानाभाटले बताए । बिगतमा चालक तथा सहचालकलाई जनचेतनामूलक कार्यक्रम गरेको बताउँदै रानाभाटले स्वास्थ्य परीक्षण नयाँ काम भएको बताए ।

Advertisement

सिद्धार्थ तथा ग्रामीण राजमार्गमा आवत जावत गर्ने ५१ साना÷ठूला बस, १२ ट्रक, २९ जीपका चालकको स्वास्थ्य परीक्षण गरिएको थियो । जिल्ला अस्पतालका डा. सुशील सुवेदीसहित ३ जनाको टोलीले ४ घण्टाको अवधिमा चालकको स्वास्थ्य परीक्षण गरेका थिए ।

चालकमा रक्त चाप बढी भए पनि अन्य रोग नदेखिएको टोलीले जानकारी दिएको छ । बिरामी चालकले सवारी चलाउँदा दुर्घटना हुने हेतुले ट्राफिक कार्यालयले गरेको स्वास्थ्य परीक्षण सकारात्मक कदम भएको सवारी चालक स्थानीय शेरबहादुर भुजेलले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया