‘हिंसा हुनुमा महिलाका पनि जिम्मेवार’: काेमल वली

समाधान संवाददाता २०७५ माघ २ गते ११:४३

समाधान संवाददाता

गायिका तथा राष्ट्रिय सभाका सदस्य कोमल वलीले महिला आफ्नै कारण पनि हिंसाको सिकार बन्नुपरेको धारणा राखेकी छन् । नवौं पोखरा महोत्सवमा सहभागी हुन पोखरा आएकी उनले आफ्नो प्रस्तुतिसँगै महिला हिंसाका घटना घट्नुमा महिलाकै कमजोरी भएको रहेको बताइन् । उनले भनिन्, ‘त्यो कमजोरी भनेको अध्ययनमा कमी हुनु हो ।’

आफू हालसम्म अविवाहित भए पनि अहिले सम्म कसैले पनि नकारात्मक दृष्टिले हेर्न नसकेको उनले बताइन् । अध्ययनलाई थाती राखेर सक्षम नबनी विहे गर्दा हिंसा बढेको उनको ठम्याइ छ । महोत्सवमा उनले बाँझो खेतमा, तुलसीपुरमा लगायतका गीत सुनाइन् । उनले प्रजापति पराजुलीसँग दोहोरी पनि गाइन् ।

मंगलबार महोत्सवमा कुमार पुन, जीवन दाहाल, जयकुमार परियार, शिवहरि ढुंगाना, निशा पोख्रेल र मीना श्रीषमगर लगायतले प्रस्तुति राखे । हास्य कलाकार राजारामले हास्य प्रहसनमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । तरेली सांस्कृतिक परिवार र मिmं सिर्जनशील नेवा समाज दुलेगौंडा तनहुँको नेवारी संस्कृति झल्काउने भिमे र ट्याकटुके नाच प्रत्यक्ष प्रदर्शन गरिएको थियो । मंगलबार साञ्झ द एक्स ब्यान्ड र लोकल ब्यान्ड प्रोभर्सले प्रस्तुति राखेको महोत्सव सांस्कृतीक संयोजक राजु श्रेष्ठले बताए ।

Advertisement

महोत्सवमा बुधवार लोकदोहोरीतर्फ राधिका हमाल, जीवन दाहाल, शिवहरि ढुंगाना, कृष्ण सुवेदी, सीता केसी, नरबहादुर राना, सजना बास्तोला, प्रेमराज अधिकारी, रनु गुरुङको प्रस्तुति रहनेछ भने हास्यव्यंग्यतर्फ मेरी बास्सैका सापटी र घेरौलेको प्रस्तुति रहनेछ । संस्कृतिक प्रस्तुतितर्फ तरेली सांस्कृतिक परिवारको नृत्य र पोँचोको तमु समाज पोखरा १४ को गुरुङ संस्कृतिमा आधारित घाटु प्रत्यक्ष देखाइनेछ । बुधबार साँझ लाइभ कन्सर्टतर्फ मेलिना राइ र स्कार्ड जनीले युवालाई नचाउने छन् ।

महोत्सवको ५ औं दिनसम्म आइपुग्दा दर्शकको भीड लागेको र स्टलहरुमा व्यापारसमेत दिनहुँ बढिरहेको महोत्सव प्रचारप्रसार संयोजक शान्तबहादुर थापाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया