पर्वतमा लागुऔषधविरुद्ध ‘स्टेपिङ अपरेशन’

समाधान संवाददाता २०७५ माघ २ गते १४:०७

रासस,
पर्वत

लागुऔषध दुव्र्यसनीको सङ्ख्या बढ्दै गएपछि प्रहरीले ‘स्टेपिङ अपरेशन’ शुरु गरेको छ । पर्वतमा लागुऔषधको समस्या भित्रभित्रै फैलिएको भेटिएपछि ‘स्टेपिङ अपरेशन’ शुरु गरेको हो । अपरेशनपछि प्रहरीले ठूलो सफलता प्राप्त गरेको दाबी गरेको छ । 

पर्वत प्रहरीले गएको साउनयता नौ वटा लागुऔषध मुद्दा दर्ता गरेको हो । पर्वतमा गएको आव २०७४÷७५ मा जम्मा दुई वटा र २०७३÷७४ मा एउटा मात्रै लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरेको थियो । भदौ महीनामा एउटा, कात्तिक र मङ्सिरमा तीन÷तीन वटा मुद्दा दर्ता गरेको छ भने पुसमा दुई वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । 

Advertisement

जिल्लाको सदरमुकाम र ग्रामीण क्षेत्रमा समेत दुव्र्यसनीको समस्या जटिल भएको भेटिएको प्रहरीले जनाएको छ । अघिल्ला वर्षको मुद्दा हेर्दा पर्वतमा लागुऔषधको खासै समस्या छैनजस्तो लागेको थियो प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले भन्नुभयो, “समुदायमा पुग्दा भित्रभित्रै भुसको आगो जस्तो फैलिएको भेटेपछि स्टेपिङ अपरेशन शुरु ग¥यौँ । जनताबाट गुनासो आएपछि निगरानी बढाउँदा पक्राउ पर्न थालेपछि उनीहरुले खरीद गर्ने ठाउँ र सेवन गर्ने साथीदेखि छिमेकी बागलुङ र म्याग्दीसमेत पुगेर दुव्र्यसनी पक्राउ गर्न प्रहरी सफल भएको उहाँको भनाइ छ । 

पर्वतमा केही लागुऔषध बागलुङबाट भित्रिने गरेको पाइएको छ भने अलि ठूलो परिणाम पोखराबाट र सुनौलीसम्म समेत पुगेर खरीद हुँदै आएको प्रहरीको भनाइ छ । अभियानका क्रममा प्रहरीले गाँजा र चरेश बढी सेवनकर्तालाई पक्राउ गरेको छ भने नर्फिन, फेनेरागन र डाइजिपाम तथा ट्याब्लेटजस्ता लागुऔषधको पनि प्रयोग भएको पाइन्छ । 

Advertisement

लागुऔषधका प्रयोगकर्ता बढी मात्रामा कुस्मा, जलजला र मोदी गाउँपालिकाबाट पक्राउ परेका छन् । दुव्र्यसनमा फस्नेमा बढी जनजाति र दलित समुदायका युवायुवती रहेको प्रहरीले जनाएको छ । युवा र विद्यार्थी दुव्र्यसनमा फस्न थालेपछि अपरेशन सँगसँगै प्रहरीले जनचेतना जगाउने अभियान पनि थालेको छ । 

पर्वतका सबै विद्यालयमा पुगेर लागुऔषधका विरुद्ध विद्यार्थीमा सचेतना कक्षा सञ्चालन गरिएको र अभिभावकका बीचमा समेत सचेतना कक्षा सञ्चालन भइरहेको प्रहरी नायब उपरीक्षक तिवारीले जानकारी दिनुभयो । सेवनकर्तालाई पक्राउ गर्ने र जनचेतनासमेत सँगसँगै लगेपछि दुव्र्यसनमा कमी आउने विश्वास लिएको प्रनाउ तिवारीको भनाइ छ । 

भूकम्प सुरक्षा दिवसमा पर्वतमा विभिन्न कार्यक्रम 

एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस पर्वतमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । भूकम्प सुरक्षा दिवस समारोह समितिको आयोजनामा आज बिहान रेडियो परिसंवाद, प्रभातफेरि र फलफूल वितरण गरेर मनाइएको हो । 

जिल्ला प्रशासन कार्यालयका प्राङ्गणबाट शुरु भएको प्रभातफेरि कुश्माबजार परिक्रमा गरी जिल्ला अस्पतालमा पुगेर सभामा परिणत भएको थियो । सो अवसरमा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले हामीले निर्माण गरिने हरेक संरचना भूकम्प प्रतिरोधि हुनुपर्ने बताउनुभयो । भूकम्प जुनसुकै बेला पनि जानसक्ने प्राकृतिक कारण भएकाले यसबाट बच्नका लागि हामी पनि सबै समय सचेत हुनुपर्ने बताउँदै पुनःनिर्माण र नवनिर्माणलाई भूकम्प प्रतिरोधी र जोखिमरहित बनाउन सबैको सहकार्य आवश्यक हुने बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जिल्लामा निम्तिने जस्तोसुके विपत्तिपछि आइपर्ने समस्यामा उद्धार तथा राहतका लागि जिल्ला प्रशासनले विभिन्न निकायसँग सहकार्य गरेर तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले जोखिमपछिको उद्धार र राहतभन्दा पनि जोखिमको अवस्था आउनै नदिन सचेत हुनुपर्ने बताउनुभयो । सो अवसरमा उद्योग वाणिज्य सङ्घको संयोजनमा जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफूलसमेत वितरण गरिएको थियो । 

तपाईको प्रतिक्रिया