पोखराको ‘इन्टु द लाइट’ एसियाली प्रतिस्पर्धामा

समाधान संवाददाता २०७५ माघ ५ गते १६:५३


एसियाली लघु चलचित्र प्रतिस्पर्धाको अन्तिम चरणमा नेपालबाट ‘इन्टु द लाइट’ छनोट भएको छ ।

विभिन्न चरणको छनोट प्रक्रियापछि पोखराबाट निर्मित चलचित्र अन्तिम १२ मा पर्न सफल भएको हो । लागुपदार्थ प्रयोगकर्ता र एचआइभी संक्रमितको क्षेत्रमा कार्य गर्दै आएको संस्था ‘कम्युनिटी सपोर्ट ग्रुप, पोखरा’बारे निर्माण गरिएको चलचित्रमा संस्थाले सुरुआतदेखि गर्दै आएका कार्यहरु प्रस्तुत गरिएको छ ।
‘कम्युनिटी सपोर्ट ग्रुपले लागुपदार्थ प्रयोगकर्ताका लागि हार्म रिडक्सन प्रोग्राम र एचआइभी संक्रमितका लागि केयर होम साथसाथै सिनियर सिटिजन, डिसास्टर म्यानेज्मेन्ट लगायत विविध सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको छ । यिनै विषयहरु समेटेर हामीले सर्ट फिल्म बनाएका हौं,’ निर्माता कृष्णकुमार श्रेष्ठले भने ।

फिल्मको निर्देशन कृष्णकुमारले नै गरेका हुन् । छायांकनमा उनलाई तेजन थापाले साथ दिएका छन् । यसबाहेक पोखराबाटै राजेन्द्र अधिकारीको माई एक्जिस्टेन्स, पुस्कर थापा मगरको हार्म रिडक्सन सेभ लाइफ र विष्णु गौतमको टु द एभरेस्ट एन्ड बियोन्ड पनि छनोटमा परेका छन् । लागुपदार्थ प्रयोगकर्ताको एसियाली सञ्जाल (एएनपियुडी)ले आयोजना गरेको प्रतियोगितामा नेपाल लगायत १६ एसियाली मुलुकहरुको सहभागिता रहनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया