वनभाेजमा देउवाले भनेः महान कांग्रेस नेताबाट सरकार तर्सियो

समाधान संवाददाता २०७५ माघ ५ गते १७:४१

समाधान सम्वाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको कम्युनिस्ट सरकार लोकतन्त्र मास्ने षडयन्त्रमा लागेको बताएका छन् । नेपाल निजामती युनियन संघ गण्डकी प्रदेशले शनिबार पोखरामा गरेको वनभोज तथा सम्मान कार्यक्रममा उनले कांग्रेसका महान नेताका नामबाट सरकार तर्सिएको आरोप लगाए ।

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालको नाम हटाउन लागेको सन्दर्भमा उनले भने, ‘आज नाम हटाउँछन्, अनि प्रजातन्त्र हटाउने ? यिनीहरु प्रजातन्त्रलाई सिध्याउनले षढयन्त्रमूलक तरिकाले लागेका छन्, हामी सचेत हुनुपर्छ ।

अहिले सरकारले कर्मचारी तन्त्रमात्र नभएर न्यायालयमा समेत हस्तक्षेप गर्न थालेको भन्दै देउवाले प्रजातन्त्रको मूल्य र मान्यताविरुद्ध गएकाले सरकार विरुद्ध आन्दोलनको विकल्प नरहेको भनाइ राखे । उनले भने, ‘शिक्षा विधेयक, कर्मचारी समायोजनका नाममा सरकारले नियन्त्रणको प्रयास गर्न खोजेको छ । सबैतिर आफ्ना कार्यकर्ताका हालीमूहाली बढाउन सरकार लागी परेको छ । नेपालललाई सच्चा मानेमा पूरा कन्ट्रोल गर्ने षढयन्त्र बुनिरहेको छ ।’ यसका विरुद्ध सदनमा मात्र हैन सडकमा समेत उत्रनुपर्ने अवस्था आइसकेको उनले बताए ।

Advertisement

उनले भने, ‘हामीलाई थाहा छ, सडक आन्दोलनले नागरिकलाई सास्ती हुन्छ, तर यस्तै हस्तक्षेप हुँदै गए । हामी सहँदैनौं ।’ कर्मचारीमाथिको थिचोमिचो हस्तक्षेप स्वीकार्य नहुने भन्दै उनले ओली सरकार स्वच्छाचारी ढंगबाट अगाडि बढको बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकार सर्वसत्तावादतिर उन्मुख भएको भन्दै कांग्रेस खबरदारीमा उत्रेको बताए । शान्तिसुरक्षा, सुशासन र विकास सरकारको मुख्य काम रहेकोमा ३ वटै काममा सरकार असफल भएको उनको भनाइ थियो ।

Advertisement

२ तिहाइको अत्यन्त अनुकुल अवस्था र सहज वातावरणमा समेत यो सरकारले अवसरको सदुपयोग गर्न असफल रहेको उनले आरोप लगाए । उनले भने,‘दलगत स्वार्थ र कम्युनिस्टिकरणका लागि सरकारले सबै ठाउँमा जबरजस्ती हस्तक्षेप गरिरहेको छ । संवैधानिक निकायहरुलाई निस्तेज पारिरहेको छ, सर्वोच्च अदालत, अख्तियारलाई पंगु बनाएर सरकार सरकार यो मुलुकमा निरंकुता स्थापित गर्न चाहान्छ ।’

सरकारले मुलुकलाई विकासको बाटोमा लैजान नसकेको भन्दै नेता पौडेलले कांग्रेस सरकारका पालमा सुरु भएका विकास आयोजना समेत अहिले अलमलमा पारिएको बताए । ‘मेलाम्चीको सुरुङ छिचोलेर सुन्दरीजलमा निकालेका थियौं, फोटो खिच्न यो देशका मन्त्री हत्त र पत्त पुगे तर पानी आउने कुरामा यो सरकारले लिनुपर्ने दायित्व वहन गरेको खै ?

सरकार भ्रस्टाचारमा लिप्त भएको आरोप लगाउँदै एनसेलदेखि वाइडबडी कान्ड यही सरकारका उपलब्धि भएको बताए । उनले भने, ‘वाइडबडी प्रकरण छानबिन गर्न सरकारले संसद छलेर बनाएको आयोग छानबिन आयोग हैन, ढाकछोप आयोग हो ।’ कार्यक्रममा कर्मचारी युनियन संघ सम्बद्ध विभिन्न जिल्लाका कर्मचारीलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया