नेपाललाई विश्वसामु चिनाउनु छः महर्जन

समाधान संवाददाता २०७५ माघ ६ गते ९:३६


समाधान संवाददाता

थाइल्यान्डमा सम्पन्न १० औँ विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्ण पदक हात पारेको थियो । स्वर्ण पदकका लागि महेश्वर महर्जनले प्रतिस्पर्धा गरेका थिए । स्वर्ण विजेता महर्जनलाई मेघा जिमको पहिलो वार्षिकोत्सव समारोहमा सम्मान गरिएको छ ।

सम्मान ग्रहणपछि उनले आगामी विश्वकपमा नेपालको प्रतिनिधित्व गर्दै विश्वकपमा सहभागी हुन लागेको र आफूलाई राज्यबाट पूर्ण सहयोगको अपेक्षा गरे ।

प्रतियोगितामा सफलताका लागि लगभग १२ लाख रुपैयाँ व्यक्तिगत खर्च गरेको भन्दै अबको दिनमा सरकारले सहयोग गरिदिनु पर्ने बताएका छन् । गण्डकी प्रदेशका संसद राजीव पहारीले राज्यको नीति गलत भएको बताउँदै खेलाडीलाई राज्यको गहनाको रुपमा हेर्ने प्रवृत्ति गलत भएको बताएका छन् ।

Advertisement

‘गहना भनेको चाहिएको बेलामा मात्र लगाउने हो । अन्य समयमा फुकालेर राखिन्छ,‘उनले भने, ‘अहिलेसम्म पनि त्यस्तै भएको छ ।’ उनले खेलाडीलाई अमूल्य सम्पतिको रुपमा हेर्नुपर्ने धारणा राखे ।

देशमा राजतन्त्रको अन्त्यसँगै गणतन्त्र आए पनि खेलकुदको क्षेत्रमा भने केही परिर्वतन आउन नसकेको धारणा राखे । गण्डकी प्रदेश संसद बिन्दुकुमार थापाले स्वस्थ जीवनका लागि खेल महत्वपूर्ण भएको बताए ।

Advertisement

नेपालले उदीयमान खेलाडी प्राप्त गरेको बताउँदै नेपाललाई विश्वसामु चिनाउन शुभकामनासमेत दिएका थिए । उनी विगत २ दर्शक अगाडिबाट शारीरिक सुगठनमा आबद्ध भएका हुन् ।

तपाईको प्रतिक्रिया