अब कुश्माका हरेक घरमा धारा

समाधान संवाददाता २०७५ माघ ७ गते ७:५३


रामकृष्ण लामिछाने -पर्वत
छमर्के कुस्मा नगरपालिका वडा नम्बर ४ मा पर्ने एउटा वस्ती हो । यहाँ १७ सय घरधुरी छन् । यहाँका प्राय युवा प्रवासमा छन् । कुस्माबाट नजिक रहेको यो वस्तीमा खानेपानी सहज रुपमा पुगेको छैन । पानीको स्रोत बस्तीभन्दा बाहिरको अर्को वडामा पर्ने खुर्कोटमा छ ।

पानी खुर्कोटको हर्राखर्कबाट छमर्के ल्याउनुपर्छ । बेलुका ट्यांकीभरि पानी हुन्छ, बिहान रित्तो, यो समस्या लामो समयसम्म रह्यो । संघीयतापछि छमर्केले स्थानीय सरकार पायो । वस्तीमा पानीको समस्या रहेको जानकारी वडाध्यक्ष मिना कर्माचार्यसम्म पुग्यो । उनले समस्या समाधान गर्न पहल गर्ने वाचा गरिन् । ट्यांकी निमार्ण गर्न वडा कार्यालयसँगको सहकार्यमा आव ०७३-०७४ मा १० लाख विनियोजन गर्‍यो ।

फेरि ०७४-०७५मा ३ लाख विनियोजन भयो । ७० हजार लिटरको ट्यांकी निमार्र्ण ६ महिनामा सकियो । वडा कार्यालयको १३ लाख, जनश्रमदान करिब ४ लाखको लागतमा पानी ट्यांकी निर्माण भयो । खानेपानी तथा सरसफाइ समिति छमर्केको पहलका कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले ट्याङकी उद्घाटन गरे । उनले कुस्मा नगरपालिकाको अभियान ‘एक घर, एक धारा’अभियान रहेकाले विस्तारै पूरा गर्ने चरणमा रहेको बताए ।

Advertisement

उनले भने,‘ वडाका समस्या वडा कार्यालयमाझ समाधान गर्न नगरवासीमाझ आग्रह गर्दै मुहानबाट पानीको स्रोत विस्तार गर्न १५ सय मिटर पाइप प्रदान गर्ने विश्वास दिए । उनले नगरपालिकाले ठूलाठूला पूर्वाधारका योजनामा ‘एक घर, एक धारा’अभियानमा परेकाले आफ्नो कार्यकालमा पूरा गर्ने बताए ।

नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत सुवासकुमार लामिछानेले अभियानमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । सहज रुपमा खानेपानी विस्तार गरेर यहाँका युवाले उधोग कलकारखाना सञ्चालन गर्न पनि आग्रह गरेका छन् । स्थानीय गौरी कार्कीले जनताको जीविकालाई सहज बनाउने खालका योजनामा लगानी गर्न आग्रह गरिन् ।

Advertisement

५ हजार लिटरको ट्याङ्कीबाट सो बस्तीमा ८ वटा धारा थिए । ७० हजार लिटरको ट्याङ्की बनेसँगै समितिले हाल १२ वटा धारा बनाइएको छ । अब, वडा कार्यालयको पहलमा ‘एक घर, एक धारा’ बनाउन स्थानीयको माग छ ।

तपाईको प्रतिक्रिया