‘क्याफे दी गार्डेन’काे मेगा ओपनिङ

समाधान सम्वाददाता
नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको ‘क्याफे दी गार्डेन’ रेस्टुरेन्टकाे माघ ७ गतेदेखि १४ गतेसम्म ओपनिङ कार्यक्रम राखिएको छ ।
पोखराको चल्तीको व्यापारिक केन्द्र चिप्लेढुंगामा रहेको रेस्टुरेन्टले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय परिकार छिटो, मिठो र सुलभ मूल्यमा उपलब्ध गराउने सञ्चालक अर्जुन गिरीले जानकारी दिए । उनका अनुसारओपनिङको अवसरमा २० प्रतिशत छुट दिइने छ ।
अर्का सञ्चालक विजय लम्सालले मिठो परिकारका साथै लाइभ म्युजिक पनि राखिने जनाए । उनले भने, ‘ग्राहकको रोजाइ अनुसार खानामा विविधता पस्कन्छौं नै । सँगै लाइभ म्युजिक पनि राखिने छ । सर्वसाधारण र सामान्य कामकाजीको गच्छेले भ्याउनसक्ने मूल्य निर्धारण गरेका छौं । तर गुणस्तर र सेवासत्कारमा सम्झौता गरेका छैनौं ।’
क्याफे दी गार्डेनमा बर्थ डे, विवाह र ब्रतबन्ध र चाडपर्वका पार्टी, सेमिनार, तालिम लगायत विविध कार्यक्रम गर्न १ सय ५० क्षमताको हल रहेको र आगामी दिनमा ५ सय क्षमताको हल निर्माण गर्ने योजना रहेको समेत जनाइएको छ ।
७० लाखको लगानीमा नयाँ व्यवस्थापनसहित स्तर वृद्धि गरी सेवासत्कार र खानाको हाइजिनलाई प्राथमिकतामा राखिएको सञ्चालकद्वय गिरी र लम्सालले सुनाए ।
तपाईको प्रतिक्रिया