नयाँ शक्ति भीमसेनमा रोहित पाण्डेकाे नेतृत्व

समाधान संवाददाता २०७५ माघ ७ गते १७:२५


समाधान सम्वाददाता- गोरखा

नयाँ शक्ति पार्टी गोरखाको भीमसेन थापा गाउँपालिका अध्यक्षमा रोहित पाण्डे निर्वाचित भएका छन् । शनिबारबाट सुरु भएको अधिवेशनले पुनः रोहित पाण्डेलाई अध्यक्ष चयन गरेको छ ।

गाउँपालिका उपाध्यक्षमा मिलन न्यौपाने, दुर्गा ढकाल र बच्चु सुनार सचिव ठाकुर पाण्डे, कोषाध्यक्ष सविता भट्ट, सहसचिवमा डिलबहादुर आले र रमेश श्रेष्ठ चयन भएका छन् ।

सदस्यमा सुरेश श्रेष्ठ, भोजबहादुर थापा, राजु कुमाल, भुवन श्रेष्ठ, पुकार कुमाल, पहलमान नेपाली, राबहादुर नेपाली, मोतिलाल सुनार, रामबहादुर खड्का, तीलक थापा, हीरा भट्ट, निरमाया श्रेष्ठ, गोपाल भट्ट, वेलकुमारी गुरुङ, सोमप्रसाद शाक्य, सुशीला लामिछाने, वेदप्रसाद लामिछाने, संगीता भट्टराई र फणीन्द्र बाँनिया छन् ।

कार्यक्रममा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई, प्रदेशसभा सदस्य हरिशरण आचार्य, केन्द्रीय सदस्य राजन गोतामे, जिल्ला संयोजक ज्ञानेन्द्र कुमाल, नेपाली कांग्रेसका नारायण भट्टराई, भीमसेन काठमाडौं सम्पर्कका मनोहर ढकाल, महिला शक्ति नेपालका जिल्ला संयोजक शान्ता न्यौपाने, गण्डक काठमाडौ सम्पर्क समिति संयोजक कुष्माखर अधिकारी, युवा शक्ति नेपालका सिमोन कुमाल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया