नक्कली प्रमाणपत्र प्रकरणः तनहुँका न्यायाधीश उपाध्याय कारवाहीको दायरामा

समाधान संवाददाता २०७५ माघ १० गते ७:३१

समाधान सम्वाददाता

न्याय परिषदले तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायालाई कारवाहीको लागि छानबिनको दायरामा राखेको छ ।

उनीसँगै ४ जना न्यायाधीशको शैक्षिक प्रमाणपत्र नक्कली रहेको उजुरी परे पनि परिषद्ले हाल उनलाई मात्र छानबिनको लागि परिषदले फिर्ता बोलाएको हो । मंगलबार बसेको परिषदको बैठकले निर्णय गरे पनि उनलाई बिहीबार रमाना हुनेगरी बुधबार पत्र थमाइएको छ ।

Advertisement

२०६३ सालमा जिल्ला न्यायाधीशमा नियुक्त उपाध्याय गएको भदौ १ गतेबाट तनहुँ जिल्ला अदालतमा हाजिर भएका थिए । बुधबार उपाध्यायको इजलाशमा तेकिएका ३ मुद्दा पनि उनले हेर्न पाएनन् । न्याय परिषद् प्रवक्ता रामेश्वर रेग्मीले प्रधानन्यायाधीशले न्यायाधीशलाई काज सरुवा गर्न सक्ने भन्दै आफूले यो बारेमा थाहा नपाएको बताए । 

यसैबीच, सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा नृपध्वज निरौला नियुक्त भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले न्याय परिषदका सचिव निरौलालाई बढुवा गरी सर्वोच्चको मुख्य रजिस्ट्रारमा नियुक्त गरेको हो ।

Advertisement

मुख्य रजिस्ट्रार डा. राजन भट्टराई उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि उक्त पद रिक्त थियो । न्याय सेवा आयोगको बैठकले न्याय परिषद सचिवमा देवेन्द्र ढकाललाई बढुवा गरेको छ । बढुवा भएका ढकाल यसअघि श्रम अदालतमा थिए ।

तपाईको प्रतिक्रिया