नयाँ कानून बनाउँदै पोखरा महानगरपालिका

पोखरा, रासस
पोखरा महानगरपालिकाको चौथो नगरसभाले आठवटा कानूनका मस्यौदालाई स्वीकृत गर्ने भएको छ । पोखरा सभागृहमा आजदेखि शुरु नगरसभामा विधायन समितिका सभापति शोभामोहन पौडेलले समितिले तयार गरेका ती विधेयकहरुलाई सभामा प्रस्तुत गर्नुभएको थियो ।
सभामा महानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, नगर खेलकूद विकास, नगर प्रहरी व्यवस्थापन, पर्यटक विकास, पूर्वाधार विकास, सुशासन, आर्थिक ऐन र सहकारी विधेयकको मस्यौदालाई प्रस्तुत गरिएको थियो ।
विधेयकका मस्यौदामाथि विस्तृत छलफल गरी यसै सभाबाट पारित गरिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । महानगरपालिकाले यसअघि ४३ वटा विभिन्न ऐन, कार्यविधि, निर्देशिका र नियमावली बनाइसकेको छ ।
नगरसभामा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कानूनको अभावमा महानगर अल्झनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै सङ्घ र प्रदेशसँग समन्वय गरी अघि बढिरहेको बताउनुभयो ।
जनताको चाहनाअनुरुप महानगरलाई समृद्ध बनाउन आफूहरु क्रियाशील रहेको बताउँदै उहाँले समृद्धि र विकासका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेकामा जोड दिनुभयो । नगर सभासद्लाई अध्ययनका लागि प्रदान गरिएको प्रस्तुत मस्यौदामाथि आगामी आइतबार छलफल गरी पारित गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिनुभयो ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया