पत्रकार साही र मर्सानी सम्मानित
समाधान संवाददाता
२०७५ माघ १२ गते १८:५२

कास्की जिल्ला स्तरिय प्रथम सृजना कप सामुदायिक मावि छात्र छात्रा भलिवल प्रतियोगिताको अवसरमा २ जना सम्मानित भएका छन् । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा भएको प्रतियोगिताको अन्तिम दिन भलिवल खेलको प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको भन्दै पत्रकार नारायण साही र भलिवल खेलको विकासमा योगदान दिएको भन्दै र क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सभा सदस्य राजिव पहारीलगायतले पत्रकार साही र मर्सानीलाई दोषल्ला, माला र सम्मान पत्रले सम्मान गरेका हुन् ।
सम्मानित साही आदर्श समाज राष्ट्रिय दैनिक र गण्डकी मिडिया हाउसमा कार्यरत छन् ।
सम्बन्धित







फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया