सचिन र अफ्रिदीको रेकर्ड तोडे रोहितले

समाधान संवाददाता २०७५ माघ १२ गते १९:०९

सचिन तेन्दुलकर र शाहिद अफ्रिदीले बनाएको अन्तराष्ट्रिय क्रिकेटको रेकर्ड नेपाली युवा खेलाडी रोहित कमुमारले तोडिदिएका छन । उनी सबै भन्दा कम उमेरमा अन्ताष्ट्रिय क्रिकेटमा अर्धशतक हान्ने ब्याट्ुस म्यान बनेका छन।
नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले शनिबार यूएईविरुद्ध अर्धशतक बनाएसँगै दुबै लेजेन्डलाई पछि पार्दै दुर्लभ रेकर्ड बनाएका हुन ।

यूएईविरुद्ध ५४ रन बनाएसँगै रोहित अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छे क्रिकेटर बनेका छन् । उनी भर्खर १६ वर्ष १४६ दिनका भएका छन् ।
यसअघि टेष्ट क्रिकेटमा यो रेकर्ड तेन्दुलकरको नाममा थियो । उनले १६ वर्ष २१३ दिनको उमेरमा पाकिस्तानविरुद्ध ५९ रन बनाएका थिए ।

एकदिवसीय क्रिकेटमा भने यो रेकर्ड पाकिस्तानमा अफ्रिदीको नाममा थियो । उनले १६ वर्ष २१७ दिनको उमेरमा श्रीलंकाविरुद्ध शतक ९१०२० रन बनाएका थिए ।

Advertisement

रोहित एकदिवसीय क्रिकेटमा कम उमेरमा डेब्यू गर्ने क्रिकेटरको सूचीमा चौथो नम्बरमा छन् । अगष्ट २०१८ मा नेदरल्याण्ड्सविरुद्ध ओडीआई डेब्यू गर्दा उनको उमेर १५ वर्ष ३३५ दिन मात्र थियो ।

Advertisement

तपाईको प्रतिक्रिया