बुधबारदेखि फेरि पानी पर्ने सम्भावना

समाधान सम्वाददाता
अघिल्लो सोमबार आएको पश्चिमी वायूको प्रणालीले देशभर कहीँ वर्षा र कहीँ भारी हिमपातपछि त्यसको प्रभाव नसकिँदै अर्को पश्चिमी वायू नेपाल पसेको थियो। त्यसले शुक्रबार र शनिबार वर्षा गराएको थियो।
त्यो प्रणाली आइतबारदेखि कमजोर भए पनि अर्को प्रणाली आइरहेकाले बुधबारदेखि फेरि पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
‘अस्तिको प्रणालीको प्रभावले आज पनि पहाडी क्षेत्रमा बादल र केही ठाउँमा वर्षाको सम्भावना छ,’ मौसमविद् सुवास रिमालले सेतोपाटीसँग भने, ‘पर्सि नेपाल पुग्ने गरी अर्को प्रणाली आइरहेको छ। त्यो पनि कमजोर छैन। वर्षाको सम्भावना छ।’
उनका अनुसार यो प्रणाली अहिले इरानको आकाशमा आइपुगेको छ। यसपालि आएको पश्चिमी वायूको यो चौथो प्रणाली हो। पश्चिमी वायूको प्रभावले पुस २३ गते राजधानीमा यो वर्षको पहिलो हिउँदे वर्षा भएको थियो।
‘पश्चिमी वायू प्रणाली कहिले र कसरी आउँछ भन्ने एकिन हुँदैन। यसपालि लगालग आइरहेको छ,’ रिमालले भने।
नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी वायू भूमध्य सागरदेखि आउँछ। भूमध्य सागरको माथि बन्ने यो प्रणाली सतहदेखि झन्डै पाँच किलोमिटर माथि हुन्छ।
‘निकै माथि हुने भएकाले यो प्रणाली मनसुनजस्तो बलियो हुँदैन। तर यसले उच्च क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बर्खा गराउँछ,’ मौसमविद् रिमालले भने,‘मनसुन सकिनासाथ सुरू हुने यो प्रणाली मनसुन सुरू नभइउन्जेल आउन सक्छ। कुनै वर्ष धेरै आउँछ, कुनै वर्ष थोरै आउँछ। यसपालि धेरै आइरहेको छ।’









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया