दीपक मनाङेले सपथ खाए, अब गण्डकीको सांसद

समाधान संवाददाता २०७५ माघ १४ गते १८:३७

समाधान सम्वाददाता

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले सोमबार सपथ खाएका छन् । गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई सपथ खुवाएका हुन् ।

सपथलगत्तै सभामुखले टीकाले राजीवलाई प्रदेश सभामा स्वागत गरे । सपथका लागि मनाङे सोमबार नै काठमाडौंबाट आएका थिए । सपथ लिएलगत्तै उनले भने,‘ ९ महिना जेलमा बसें अब केही दिन कुरौं भनेर कुरेको थिएँ, आज सपथ लिन पाएँ खुसी लागेको छ ।’

Advertisement

मनाङेले गण्डकी प्रदेश सभामा सपथ ग्रहणको माग गर्दै पुस १२ गते लिखित निवेदन दर्ता गराएका थिए । गएको मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर तत्कालीन एमालेको समर्थनमा मनाङे निवार्चित भएका थिए ।

मनाङेलाई उच्च अदालत पाटनले ज्यान मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको थियो । उनले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेर धरौटी बुझाएकाले हाल थुनामुक्त अवस्थामा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया