गण्डकी प्रदेशमा ४ सय ४७ जनालाई १ प्रहरी

समाधान संवाददाता २०७५ माघ १५ गते ११:५१

सुरेशराज अधिकारी

प्रहरीले काम ढिलो गर्ने गरेको जनगुनासो छ । प्रहरी संगठनभित्रै दरबन्दी अनुसारको जनशक्ति नहुँदा सेवा व्यवस्थापनामा समस्यामा पर्ने गरेको छ । गण्डकी प्रदेशमा १ प्रहरीले ४ सय ४७ जनालाई सुरक्षा दिनुपर्ने अवस्था छ ।

प्रदेश नम्बर ४ प्रहरी कार्यालयले सोमबार गरेको पत्रकार सम्मेलनमा प्रदेश नम्बर ४ प्रहरी कार्यालयका प्रवक्ता डिएपी गोविन्द पुरीले प्रदेशमा हाल ७ हजार १८ प्रहरीको दरबन्दी छ । तर ४ हजार ६ सय ६३ प्रहरीमात्र यहाँ छन् । २ हजार ३ सय ३४ प्रहरी दरबन्दी खाली छ । गण्डकी प्रदेशको जनसंख्या २० लाख ९२ हजार १ सय ५३ छ ।

Advertisement

प्रहरीको संख्या कम हुँदा काम गर्न समस्या भएको प्रदेश नम्बर ४ प्रहरी कार्याल प्रमुख डिआइजी दानसिंह बोहोरा बताउँछन् । ‘हामीले यो तुलनामा मात्र निकालेका हौं,’ बोहराले भने, ‘भिआइपी सुरक्षामा यहीबाट खटिने हो ।’ प्रदेशमा प्रहरीको संख्या निकै कम भएको बोहराको भनाइ छ ।

प्रहरीले जनताको सुरक्षामा मात्र नभई अन्य ठाउँमा पनि जानुपर्ने बाध्यता रहेका कारण ४ सय ४७ जनताभन्दा धेरै पर्ने बोहोराको भनाइ छ । सबै कार्यालयमा दरबन्दी भन्दा कम प्रहरी एकातिर छ भने प्रहरीलाई स्रोत र साधन पनि कम रहेको उनको भनाइ छ ।

Advertisement

प्रत्येक रपालिकामा संघीय संरचना अनुसार प्रहरीको कार्यालय खुल्न अझै नसकेको उनले सुनाए । गण्डकी प्रदेश २१ हजार ५ सय ४ वर्गकिलोमिटरमा फैलिएको छ । १ प्रहरीले ४ वर्ग किलोमिटर भन्दा धेरै क्षेत्रफल हेर्नुपर्छ । दरबन्दी अनुसार प्रहरी हाजिर भएमा पनि १ जना प्रहरीले २ सय ९९ जनालाई सुरक्षा दिनुपर्ने हुन्छ ।

हरेक वर्ष प्रहरीले सेवाबाट अवकास पाउने, तालिममा जाने, केहीले राजीनामा दिने लगायतका कारणबाट प्रदेशमा दरबन्दी अनुसार जनशक्ति नभएको उनको भनाइ छ । पछिल्लो समयमा प्रहरीमा नयाँ भर्ना खुलेको जानकारी दिदै उनले अब पदपूर्ति हुने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया