रेष्टुरेन्ट र बारको १० प्रतिशत सेवा शूल्क हटाइयो
समाधान संवाददाता
२०७५ माघ १५ गते १२:३१

समाधान सम्वाददाता
रेष्टुरेन्टका नेपाली उपभोक्ताहरुले अबदेखि १० प्रतिशत सेवा शूल्क तिर्न नपर्ने भएको छ ।
रेष्टुरेन्ट तथा बार एशोसिएशन नेपाल–रेबानको काठमाण्डौंमा भएको भेलाले पोखरालगायत काठमाण्डौं र सौराहाका रेष्टुरेन्ट र बारले उक्त सेवा शूल्क नलगाउने निर्णय गरेको हो ।
रेबानका अनुसार सेवा शूल्कको चौतर्फी विरोध भएपछि हटाइएको हो । यद्यपि, शूल्क हटाइएपनि ग्राहकको सेवा झनै स्तरीय बनाउने रेबानको दाबी छ ।
रेबानद्वारा जारी विज्ञप्तीमा पोखरा अध्यक्ष भिमसेन भुजेल, सौराहा अध्यक्ष गोकर्ण गिरी र काठमाण्डौं अध्यक्ष प्रमोदकुमार जैसवालले हस्ताक्षर गरेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया