५ करोडमा बन्ने पार्ककाे नमुना तयार

कृष्ण न्यौपाने
दमौली
दमौलीस्थित खुला मैदानमा निर्माण गर्न लागिएको पार्कको नमुना तयार भएको छ । व्यास नगरपालिकाले बनाउन लागेको पार्कको नमुना जिओ कन्सर्न प्रालिले तयार गरेको हो ।
यसअघि फुटबल मैदानको रुपमा रहेको व्यास नगरपालिका वडा नं ३ को उक्त ठाउँलाई नगरपालिकाले पार्कको रुपमा विकास गर्न लागेको व्यास नगरपालिका वडा नं ३ का सदस्य रविन पौडेलले जानकारी दिए ।
उनले भने, ‘नगरपालिकाले जिल्ला प्रशासन कार्यालय अगाडिको मैदानलाई खेलमैदानको विकल्प दिएर उक्त ठाउँमा पार्क निर्माणको योजना बनाएको छ ।’
परामर्शदाताले निर्माण गरेको पार्कको नमुना बारे व्यास नगरपालिकाले जानकारी लिएको छ । यस अघि नै नमुनाको अन्तिम रुप तयार भए पनि जनप्रतिनिधिहरुले पार्क भित्र कार्यक्रमस्थलका रुपमा पर्याप्त खाली जमिन राख्नुपर्ने, व्यासको मूर्ति हाल महेन्द्रको शालिक तथा नर्सरी भएको स्थानमा राख्नुपर्ने, पार्क भित्र सवारी पार्किङ नराखी अन्यत्र व्यवस्था गर्नुपर्ने, सार्वजनिक शौचालय अस्पताल मार्गको प्रयोग गर्नुपर्ने, पार्कमा बाल उद्यान तथा वृद्धहरुका लागि विश्रामस्थल राख्नुपर्ने लगायत माग गरेपछि पार्कको नमूना परिवर्तन गरिएको थियो ।
पार्क निर्माणका लागि ५ करोड अनुमान गरिएपनि विस्तृत अध्ययन गर्दा यसको लागत परिवर्तन हुनसक्ने वडा सदस्य पौडेलले बताए । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले पार्क निर्माण पछि यस क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि टेवा मिल्ने बताइए । उनले विस्तृत अध्ययन सम्पन्न भएपछि पार्क निर्माणको थालनी गर्ने जानकारी दिँदै भने, ‘यसले समग्र व्यास नगरपालिकाकै पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छौं ।’









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया