गुरुङ फिल्म राेधीं युट्युबमा

समाधान संवाददाता २०७५ माघ १५ गते १३:२१

श्याम शुक्ला फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको गुरुङ भाषा र संस्कृतिमा आधारित गुरुङ फिल्म रोधीं युट्युबमा रिलिज भएको छ। निर्देशक घनश्याम लामिछाने निर्देशित चलचित्र २०६० सालमा निर्माण भएको निर्देशक लामिछानेले बताए ।

कुलप्रसाद गुरुङ, भोजबहादुर गुरुङ र होमप्रसाद गुरुङ निर्माता रहेको चलचित्रलाई हाल अमेरिकाको हलिउडमा बस्दै आएका जसवन्त देव श्रेष्ठले छायांकन र सम्पादन गरेका छन् । सहनिर्देशन केशबहादुर गुरुङ र बुद्धिबहादुर गुरुङको छ ।

कुलप्रसाद गुरुङ, कुमारविलासी गुरुङ, विनिता गुरुङ, होमबहादुर गुरुङ, देवीमाया गुरुङ, यम गुरुङ, केशबहादुर गुरुङ, बुद्धि गुरुङ र पुष्पा गुरुङको अभिनय चलचित्रमा छ । श्याम शुक्ला फिल्म प्रोडक्सनको अफिसियल युटुबबाट सार्बजनिक सिनेमामा धनबहादुर गुरुङको संगीत र नृत्य छ ।

Advertisement

तपाईको प्रतिक्रिया