सुध्रिएन नेपालः भ्रष्टको सूचिमा १ सय २४ औं स्थान

समाधान संवाददाता २०७५ माघ १६ गते ७:५६

समाधान सम्वाददाता

नेपालमा भ्रष्टाचार नघटेको तथ्यांक सार्वजनिक भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्ट्राचार अवधारणा सूचकांक २०१८ मा नेपालमा भ्रष्टाचार नियन्त्रणमा गतवर्ष भन्दा कुनै सुधार नभएको देखाएको छ ।

कुल एक सय अंकमा नेपालले ३१अंक पाएर १ सय ८० मुलुकमा नेपाल १ सय २४ औं स्थानमा परेको छ । गत वर्ष पनि नेपालले ३१ अंक पाएको थियो । सुचकांकमा कुल १ सय ८० मुलुक समावेश भएकोमा दुईतिहाई मुलुकले ५० अंक भन्दा कम पाएका छन् ।

Advertisement

सन् २०१८ को सूचकांकमा डेनमार्क अठासी अंक प्राप्त गर्दै सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ भने सोमालियाले सबैभन्दा कम अर्थात १० अंक प्राप्त गर्दै भ्रष्ट मुलुकको रुपमा सूचीकृत भएको छ ।

निर्वाचनपछि पनि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी भएको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया