कृषि जैविक औद्योगिक मेलामा उत्कृष्ट कृषक पुरस्कृत

समाधान संवाददाता २०७५ माघ १६ गते ११:५८

कृष्ण न्यौपाने
दमौली

जैविक विविधता संरक्षण समितिले तनहुँको भानु नगरपालिका ९ पुर्कोटमा आयोजना गरेको पुर्कोट कृषि जैविक औद्योगिक मेलामा उत्कृष्ट कृषक पुरस्कृत भएका छन् । मेलाको अवसरमा गरिएको कृषि प्रदर्शनीमा उत्कृष्ट हुने कृषकलाई पुरस्कृत गरिएको समितिले जनाएको छ ।

प्रदर्शनीमा रायो, काउली, बन्दा, मूला, गोलभेडा, च्याउ, आलु लगायतका बालीबीच प्रतिस्पर्धा गराइएको थियो । रायो बालीतर्फ भानु नगरपालिका ११ का चन्द्रमाया मिश्र प्रथम, भानु नगरपालिका ६ का लक्ष्मी खनाल द्वितीय, भानु नगरपालिका ४ का रविन थापा तृतीय र भानु नगरपालिका ९ का खिलकुमारी श्रेष्ठ र माया अधिकारी सान्त्वना भएका छन् ।

Advertisement

काउली बालीतर्फ भानु नगरपालिका १० का विन्दुराज जोशी प्रथम, भानु नगरपालिका ९ का मिनाकुमारी श्रेष्ठ द्वितीय, भानु नगरपालिका ८ का सरस्वती लामिछाने तृतीय र भानु नगरपालिका ७ का राजेन्द्रप्रसाद घिमिरे सान्त्वना भएका छन् ।

बन्दातर्फ भानु नगरपालिका १३ स्थित इन्टिग्रेटेड अर्गानिक एन्ड ओली फार्म प्रथम, भानु नगरपालिका ९ का काशीराज महत द्वितीय, भानु नगरपालिका ६ का ओमप्रसाद खनाल तृतीय र भानु नगरपालिका ९ का बाबुलाल श्रेष्ठ सान्त्वना भएका छन् ।

Advertisement

मूलामा भानु नगरपालिका ८ का इन्द्र लामा प्रथम, भानु नगरपालिका ११ का लक्ष्मी भुजेल द्वितीय, भानु नगरपालिका ११ का गोविन्दराज सिलवाल तृतीय भएका छन् । गोलभेडा बालीतर्फ भानु नगरपालिका ११ का हरिबहादुर केसी प्रथम, भानु नगरपालिका १३ का इन्टिग्रेटेड अर्गानिक एन्ड ओली फार्म द्वितीय, भानु नगरपालिका ४ का धनबहादुर तामाङ तृतीय र भानु नगरपालिका ४ का वेमाया तामाङ सान्त्वना भएका छन् ।

पिँडालुतर्फ भानु नगरपालिका १० का गोविन्दराज तिवारी प्रथम, भानु नगरपालिका ९ का सावित्री सुयल द्वितीय, भानु नगरपालिका ९ का मनमाया लामा तृतीय र भानु नगरपालिका ९ का शान्ता अधिकारी सान्त्वना भएका छन् भने च्याउ बालीतर्फ भानु नगरपालिका २ का मधुमाया कुमाल प्रथम, भानु नगरपालिका ९ का बासुराज अधिकारी द्वितीय, भानु नगरपालिका ५ का चन्द्रबहादुर भण्डारी तृतीय भएका छन् ।

मसला बालीतर्फ भानु नगरपालिका ११ का मिना थापा प्रथम, भानु नगरपालिका ८ का रेवतीदेवी श्रेष्ठ द्वितीय, भानु नगरपालिका ७ का बलबहादुर श्रेष्ठ तृतीय र भानु नगरपालिका १३ का इन्टिग्रेटेड अर्गानिक एन्ड ओली फार्म र भानु नगरपालिका ११ का नरबहादुर भुजेल सान्त्वना भएका छन् ।

फलफूलतर्फ भानु नगरपालिका ८ का रामचन्द्र अधिकारी प्रथम, भानु नगरपालिका ११ का गोविन्दराज मिश्र द्वितीय, भानु नगरपालिका ९ का शान्ता पाण्डे तृतीय र भानु नगरपालिका ६ का खत्री सुन्तला उद्योग सान्त्वना भएका छन् भने आलुतर्फ भानु नगरपालिका ७ का रुपबहादुर गुरुङ प्रथम, भानु नगरपालिका ८ का कृष्णबहादुर बजगाई द्वितीय, भानु नगरपालिका ९ का गीता पाण्डे तृतीय र भानु नगरपालिका ९ का सरोजकुमार श्रेष्ठ सान्त्वना भएका छन् ।

नगदेबालीतर्फ भानु नगरपालिका ९ का सुकदेव श्रेष्ठ प्रथम, भानु नगरपालिका ११ का शिवहरि मिश्र द्वितीय, भानु नगरपालिका ८ का रोहिणीराज लौडारी तृतीय भएका छन् ।

प्रथम हुनेलाई २ हजार, द्वितीय हुनेलाई १ हजार ५ सय, तृतीय हुनेलाई १ हजार र सान्त्वना हुनेलाई ८ सयका दरले नगद प्रदान गरिएको महोत्सव मूल समारोह समिति संयोजक सीताराम बजगाईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया