क्रिकेट रंगशाला निर्माणार्थ मलेसियामा धुर्मुस सुन्तली साँझ

समाधान संवाददाता २०७५ माघ १६ गते १५:५८

मलेसिया – एजेन्सी

धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम अन्तरास्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगका लागि मलेसियामा धुर्मुस सुन्तली साँझ हुने भएको छ ।

चाइनिज नयाँ बर्षको बिदाको दिन पारेर सिटि एक्सप्रेस मनि ट्रान्सफरले क्वालालम्पुर,पेनाङ र जोहोरबारुमा धुर्मुस सुन्तली साँझ गर्न लागेको हो । कार्यक्रम माघ २२ गते मंगलबार क्वालालाम्पुर, २३ गते बुधबार पेनाङ र २७ गते आतबार जोहोरबारुमा हुनेछ ।

Advertisement

कार्यक्रममा धुर्मुस सुन्तलीसँगै लोकदोहोरी गायक बद्री पंगेनी, सम्झना भण्डारी, गायिका मेलिना राईको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया