आन्दोलनमा डाक्टरः आज देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द

समाधान सम्वाददाता
नेपाल चिकित्सक संघले आज देशभर आकस्मिकबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरूपमा बन्द गर्ने घोषणा गरेको छ।
बिहिबार संघले विज्ञप्तिमार्फत् सांकेतिक आन्दोलन स्वरूप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको जानकारी गराएको हो।
अनसनरत डा। गोविन्द केसीको जीवन रक्षाको लागि सरकारले चासो नदेखाएको भन्दै संघले त्यसको घोर भर्त्सना गरेको छ।
साथै डा। गोविन्द केसीको जीवन रक्षाका निम्ति संघको नेतृत्वमा घोषणा गरेको आन्दोलनलाई कुनै पनि आग्रह वा पूर्वाग्रहभन्दा माथि उठेर मानवीय संवेदनशीलतालाई आत्मसाथ गर्दै नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरू, देशभर सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूले पूर्णरूपमा कार्यान्वयन गर्नर गराउन संघले अनुरोध गरेको छ।
आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवाहरू बन्द गर्ने आन्दोलनका कार्यक्रमबाट आम सर्वसाधारणहरूमा पर्न सक्ने असुविधाप्रति संघले दुःख व्यक्त गरेको छ।
संघले वार्ता र संवादको माध्यमबाट वर्तमान समस्याको समाधान गर्न समेत सरकारलाई अपिल गरेको छ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया