‘पर्यटक ल्याउन सीपयुक्त मजदुर’

समाधान संवाददाता २०७५ माघ १८ गते ११:११

समाधान संवाददाता

नेपाल सरकारको पर्यटक भित्र्याउने योजना पूरा गर्न सीप र व्यावसायिक मजदुर आवश्यक पर्ने पोखराको एक कार्यक्रममा बताएका छन् ।

प्राविधिक शिक्षालय पोखराको आयोजना तथा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम प्रबन्ध परियोजनाको सहकार्यमा भएको कार्यक्रममा सहभागिले दक्ष कर्मचारीलेमात्र आउने पर्यटकको व्यवस्थापन गर्न सक्ने बताए ।

Advertisement

सिटिइभिटी पोखराले भोकेसनल, होटल म्यानेज्मेन्ट, नेत्र ज्योति सहायक तथा अन्य लामो छोटो प्याकेजमा दिएको तालिमबाटमहिला पुरुषगरी ८ हजार २ सय ४१ जना रहेको शिक्षालयका प्रमुख जीवन भण्डारीले जानकारी दिए । प्रमुख भण्डारीले पर्यटन क्षेत्रसँग सम्वन्धित दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुरुप छलफल तय गरिएको बताए ।

पोखरा पर्यटकीय सहर हो, उनले भने, ‘यहाँ दक्ष व्यवस्थापक र सक्षम एवं सीप युक्त मजदुर भए समस्या हुँदैन ।’ उनले सरकारको लक्ष्य अनुरुप जनशक्ति उत्पादनमा तालिम प्रबन्धक परियोजनासँगको सहकार्यमा सम्पन्न गरिने बताए । सक्षमता परियोजनाका कोअर्डिनेटर गेहेन्द्र कार्कीले निजी क्षेत्रसँगको सहकार्यमा आवश्यक दक्ष मजदुरको व्यवस्था गर्न सकिने बताए । उनले बजार सान्दर्भिक सीपलाई स्थापित गर्न पर्यटनसँग सरोकारवालाले गहन ढंगले लिनु पर्नेमा जोड दिए ।

Advertisement

छलफलमा उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय गण्डकीका उपसचिव दिवाकर पौडेलले पर्यटनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिँदै निजी क्षेत्रसँग सहकार्य र साझेदारीमार्फत २० लाख पर्यटक पोखरा भित्र्याउने योजना रहेको उल्लेख गरे । उनले प्याकेज टुरिजमको विकासमा ध्यान दिन पर्यटन व्यसायीलाई अनुरोध गर्दै विद्यागत क्षेत्रमा बहस चलाउने समय सुरुआत भएको बताए ।

छलफलमा पोखरा १२ का अध्यक्ष रामबहादुर कार्कीले सिटिइभिटिले दिने तालिमले बजारमा सहजीकरण गरेको भन्दै वडासँग समन्वय गरेर जाँदा थप प्रभावकारी हुने बताए । कार्यक्रममा पर्यटन व्यवसायी सन्तोष पोखरेलले हाइफाइको जमानामा परियोजनालाई पाकिस्तान, बंगलादेशको उदाहरण दिएर नपुग्ने भन्दै युरोपसँगको नजिकपनलाई जोडन आग्रह गरे ।

छलफलमा रेनुका शाह, सुनयना पालिखे, हरि प्रधान, चिरञ्जिवी पोखरेल लगायतले ग्लोबल मार्केटमा समस्या अनेकन भएको भन्दै भौतिक पूर्वाधार, दक्ष कर्मचारी, गुणस्तर सुनिस्चितता, सक्षम व्यवस्थापन र प्रचुर सम्भावनाको खोजीले मात्र पर्यटन क्षेत्रको विकास हुन सक्ने धारणा राखेका थिए । कार्यक्रममा पर्यटन क्षेत्रसँग सरोकार राख्ने संघसंस्थाको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया